खेल
म्यान्चेष्टर सिटी च्याम्पियन्स लिगको समूह चरणमा
बिहिबार, ०९ भदौ २०७३ गते प्रकाशित

भदौ – ९ । च्याम्पियन्स लिगको समूह चरणमा इंग्लिस क्लब म्यानचेष्टरले स्थान बनाउन सफल भएको छ ।
बुधबार भएको पहिलो लेगमा सिटीले बुकारेस्टलाई ५–० ले र दोस्रो लेगमा १–० ले पराजित गर्दै समग्रमा ६–० को जित हात पारेको हो ।
घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीका गोलकिपर जोए हार्ट सिजनमा पहिलो पटक पहिलो ११ मा परेपनि सिटीले बार्सिलोनाका क्लायडियो ब्राभोलाई अनुवन्ध गरेपछि हार्टले क्लब छाड्ने अनुमान गरिएको छ ।
खेलका क्रममा सिटीका समर्थकहरुले गोलकिपर हार्टको पक्षमा हुटिङ गरेका थिए ।
सिटीका महत्वपूर्ण खेलाडीहरुको अनुपस्थिति भएपनि दोस्रो लेगको ५६ औैं मिनेटमा डेल्फले विजयी गोल गरेका हुन् ।
manchester city