खेल

प्रतिबन्धमा परेका नेपालका ५ फुटबलरको अपिल एएफसीद्वारा खारेज

प्रतिबन्धमा परेका नेपालका ५ फुटबलरको अपिल एएफसीद्वारा खारेज
match fixing भदौ – ९ । प्रतिबन्धमा परेका नेपाली पाँच फुटबल खेलाडिहरुले हालेको अपिल एशियाली फुटबल महासंघ (एएफसी)को कमिटिले खारेज गरेको छ । म्याच फिक्सिङको आरोपमा उनीहरुलाई एएफसीले आजीवन फुटबल खेलमा प्रतिबन्ध लगाएको थियो । बिहीबार बसेको एएफसी अपिल कमिटिको बैठकले उनीहरुले प्रतिबन्ध फुकुवाका लागि गरेको अपिल खारेज गरेको एएफसीले विज्ञप्ति निकालेर जानकारी दिएको छ । यस निर्णयपछि उनीहरुमाथि लागेको प्रतिबन्ध फुकुवा नहुने भएको छ । साथै उनीहरुलाई जनही १ हजार अमेरिकी डलर जरिवाना तिर्न समेत निर्देशन दिइएको छ । पूर्व खेलाडी अन्जन केसी तथा खेलाडीहरु सागर थापा, सन्दिप राइ, विकास सिंह क्षेत्री र रितेश थापालाई प्रहरीले म्याच फिक्सिङको आरोपमा पक्राउ गरेपछि एएफसीले आजिवन प्रतिबन्ध लगाएको थियो । नेपाल प्रहरीले सन् २००८ देखि २०१२ को बीचमा भएका विभिन्न प्रतियोगिताहरुमा म्याच फिक्सिङ्ग गरेको भन्दै पक्राउ गरेको थियो । त्यसैको आधारमा एएफसी डिसिप्लिनरी कमिटीले ५ डिसेम्बर सन् २०१५ मा उनीहरुमाथि फुटबलसँग सम्बन्धित गतिविधिमा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उनीहरुमाथि प्रहरीले विशेष अदालत काठमाडौंमा राज्यविरुद्धको अपराध मुद्दा दर्ता गरेको छ । त्यो मुद्दा अहिले पनि अदालतमा विचारधिन अवस्थामा रहेको छ ।

afc football match fixcing pratibanda fukuwa

विशेष