राधा शर्माको प्रश्नः कृष्ण प्लेव्याई कि भगवान् ?
भदाै - ९ । मेरो नाम राधा हो । त्यसैले प्राय केटाहरु मसँग जिस्कदा म तिम्रो कृष्ण भन्ने गर्दछन् । निकटता जनाउन भनिएको होला भन्ठानेर म भित्रभित्रै खुशी हुन्थे, बाहिर भने रिसाएजस्तो गर्थे । खुब हौंला कृष्ण भन्दै म च्याँठिन्थें ।
अहिले मलाई कसैले म तिम्रो कृष्ण भन्यो भने वास्तबमै रिस उठ्ने गर्दछ । नकचरो लाग्दछ । धोकाधडीको बिम्बजस्तो अनुभुति गर्दछु म कृष्णको फोटो देख्दा । खाशमा मैले कृष्ण धराबासीको राधा र अंग्रेजी साहित्यमा डेरिडाको डिकन्स्ट्रक्सन (बिनिर्माण) पढेपछि कृष्ण नामप्रतिको मेरो मोह भंग भएको छ ।
मलाई राम्रोसँग थाहा छः मैले कृष्णमाथि प्रश्न उठाइरहँदा कृष्णप्रति सर्मपित भएर कैयन युवतीहरु उपासनामा बस्नुभएको छ । कृष्णलाई आर्दश मानेर भक्तिभावमा नाँचगान गरिहनुभएको छ । यस्तो अवश्थामा मैले कृष्ण भगवान कि प्लेव्याई भनेर प्रश्न उठाउंदा धेरैको मनमा चोट पु¥याउन सक्छ । यसका लागि म माफि चाहन्छु । तर, केही फरक पाटा केलाउने अनुमति चाहन्छु ।
कृष्णको जस्तो चरित्र भएको अर्थात धेरै स्त्रीलाई अघिपछि लगाउने केटालाई हिजोआज प्लेव्याई भनिन्छ । धेरै केटी वा स्त्रीसँग कामवासनामा रमाउने व्यक्ति आजको समाजमा चरित्रहिनका रुपमा तुच्छ मानिन्छ । हिन्दीमा एउटा कहानी त्यसै बनेको होइन रहेछ, ‘कृष्ण करे तो कृष्णलीला हाम करे तो रासलीला’ । यो प्रश्न आफैंमा अर्थपूर्ण छ ।
कृष्णसँगै जोडिएर आउने नाम हो राधा । राधालाई कृष्णको आत्माको रुपमा वैष्णवहरुले पूजा गर्ने गर्दछन् । कृष्ण मन्दिरमा प्राय राधाको मूर्तीसँगै हुंने गर्दछ । कृष्णले बाँसुरी बजाइरहेको देख्छु । मलाई उनको त्यो ताल राधामाथिको गम्भीर खेलवाड र मजाक जस्तो लाग्छ । राधा एक वियोगमा धकेलिएकी पात्र हुन् । कृष्णलाई पाउंनका लागि उनले बाँकी सबै जीबन व्यथित गरेको तर नपाएको बिडम्बनापूर्ण तथ्यको खिलापमा त्यो दृश्य देखिन्छ । राधामाथि मात्र होइन, यो रुक्मिणीलगायतका कृष्णका श्रीमतीहरुप्रतिको पनि अपमान हो । पूराणहरुमा कृष्णका श्रीमतीको संख्या फरक फरक छन् । कम्तिमा पनि उनका धेरैवटी श्रीमती थिए । हरिबंश पूराणमा भनिएको ७ नै सबैभन्दा थोरै संख्या हो । उनका प्रियसी अर्थात गोपिनी त कति हो कति । १६०० गोपिनीसँग मात्तिने कृष्ण मेरो आर्दश कसरी बन्न सक्लान् ? राधा रुवाँउदै रुक्मिणीलाई अंकमाल गर्नेलाई म कसरी भक्ति दर्शाउन सकुंला ? अहिले मेरो मन काँपिरहेको छ ।
कृष्ण झूटका प्रायजस्तो लाग्छ । नदीमा पसेका गोपिनीका कपडा लिएर भाग्ने उनको बाल्यकालका कुरै नगरौं, उनको समग्र लीला नै कपटपूर्ण देखिन्छ । उनले द्रोणलाई छलकपट गरेर युद्धमा आत्मसमर्पण गराए । खासमा हात्ति मारिएको थियो । द्रोणका छोराको नामपनि अशोस्थामा थियो । युधिरिष्ठरले अशोस्थामा हतो हतः भन्न नपाउंदै ड्रम बजाउन र बिगुल फुक्न लगाए । द्रोणले छोरा मारिएको सम्झे र केही सोच्नै नसकी हतियार फ्याँके । त्यहीबेलामा कृष्णले द्रोणको शीरछेदन गर्न लगाए । यस्तो किसिमको कपट त्रेता युगमा थियो भने कलियुगमा किन नहोस् । युद्ध र प्रेममा महापाप पनि सही भन्ने युक्ति सायद कृष्णकै कारण बनेको हो ।
गान्धारीले छोरा दुर्योधन आफ्नी आमको बरदानका लागि नाङ्गै आमाका सामू जान लागेका थिए । गान्धारीले लामो समयपछि आँखाको पट्टि खोलेर धुर्योधनलाई हेर्न लागेको थिइन् । उनको आँखाको ज्योतीले देखेको दुर्योधनको शरीर अमरणशील हुन्थ्यो । यहाँपनि कृष्णले छल गरे । निवस्त्र आउनु भन्ने आमाको आज्ञालाई कृष्णले अनर्थ बनाइदिए । उनले आमासँग नाङ्गै जान लाज हुंने हुंदा कपडाको साटो केराको पातले भएपनि कम्मर र घुँडा मुनीको भाग छोप्न सल्लाह दिए । दुर्योधनले पनि त्यसै गरे ।
गान्धारीले हेर्दा त धुर्योधनको भिन्दै रुपमा आएका थिए । जब भीमसँग गधा युद्ध भयो, भीम हार्दै गए । गधा युद्ध अनुसार कम्मर मुनीको भागमा हान्न पाइदैनथ्यो । कृष्णले कम्मरमा हान्न सुझाए । भीम नियम तोड्न तयार थिएनन् तर कृष्णले मान्दै मानेनन् । अन्ततः नियम मिचिएको युद्धमा भीमले जिते ।
भीमले जिते तर, जसरीपनि जित्नुपर्छ भन्ने पाठ कृष्णले सिकाए । जितका लागि मूल्यमान्यता तोड्नपनि पर्छ भन्ने राजनीति सायद हाम्रा नेताले कृष्णबाटै सिकेका हुन् । कृष्णले भातृहत्याका लागि अर्जुनलाई उचाले । नाम दिइयो, सत्यका लागि भातृहत्यापनि उचित । तर, सत्य सापेक्ष हुन्छ सास्वत हुंदैन । आजपनि भातृहत्या भइरहेको छ । र, प्रत्येक हत्याराले हत्यालाई सही सावित गर्न प्रयत्न गरिरहेको हुन्छ । सायद, उपनि कृष्णबाटै प्रभावित भएजस्तै लाग्छ ।
त्यसैले म कृष्णमा बढी खोट देख्छु । प्रेमको मजाक देख्छु उनका गतिविधिमा । कामवासना देख्छु उनको ओठमा । दिमागमा छलकपट देख्छु । त्यसैले मलाई तिम्रो कृष्ण भनेर कसैले जिस्काउँदा साह्रै पीडा हुन्छ । मलाई मप्रति नै सर्मपित अरु कोही भए पुग्छ, दुनियाँ नचाएर राधालाई रुवाउंने कृष्ण चाहिएन ।
राधा शर्मा बानेश्वर
God Krishna
Radha Sharam
Radha Sharma
Shree Krishna