दिल्सानको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
भदौ–९ । टेष्ट क्रिकेटबाट २०१३ मा सन्यास लिइसकेका श्रीलंकाली स्टार ब्याट्सम्यान तिलकरत्ने दिल्सानले अन्तराष्ट्रिय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका छन् ।
आगामी आइतबार अष्टे«लियाविरुद्ध हुने तेस्रो एकदिवशीय खेलपछि उनले एकदिवशीय क्रिकेटबाट सन्यास लिनेछन् । त्यस्तै सेप्टेम्बर ९ मा हुने अष्ट्रेलियाविरुद्धको दोस्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमार्फत उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछन् ।
उत्कृष्ट फिल्डरका रुपमा पनि चिनिएका दिल्सान गत वर्ष भएको ट्वान्टी ट्वान्टी विश्वकपमा श्रीलंकाको लागि सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान रहेका थिए ।
३९ वर्षीय दिल्सानले सन् १९९९ मा जिम्बाबेबिरुद्ध एकदिवशीय क्रिकेटमा डेब्यु गरेका थिए । त्यस्तै सन् २००६ मा इंग्ल्याण्डबिरुद्ध उनले ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका थिए ।
१६ वर्षको करिअरमा उनले एकदिवशीय क्रिकेटमा श्रीलंकाका लागि ३२८ म्याच खेलेर १० हजार २३८ रन जोडेका छन् । जसमा २२ शतक र ४७ अर्धशतक रहेको छ ।
त्यस्तै ७५ वटा ट्वान्टी ट्वान्टीमा उनले १८३४ रन बनाएका छन् । जसमा १ शतक र १३ अर्धशतक रहेको छ ।
Dilshan