खेल

प्लेअफमा स्थान बनाउन सफल थ्रीस्टार क्लव

प्लेअफमा स्थान बनाउन सफल थ्रीस्टार क्लव
Three_Star_Clubभदौ–९ । नेपालको लिग च्याम्पियन थ्रीस्टार क्लवले एएफसी कप फुटबल प्रतियोगिताको प्लेअफमा स्थान बनाएको छ । मंगोलियामा भएको प्रतियोगिताको प्ले अफ छनौटमा समूह बी बाट समूह बिजेता बन्दै थ्रीस्टारले अर्को चरणको यात्रा तय गरेको हो । बिहीबार उलानबटारमा एर्चिम र नागावर्ल्डबीचको खेलमा एर्चिमले नागावर्ल्डलाई १–० गोलको अन्तरले हराएपछि थ्रीस्टार दोस्रो चरणमा पुग्ने निश्चित भएको हो । समूहको विजेता मात्र अघिल्लो चरणमा पुग्ने व्यवस्था थियो । थ्रीस्टारले समूहमा १ जित र एक बराबरीपछि ४ अंकका साथ समूह बिजेता बनेको हो । उसले घरेलु टोली एर्चिमलाई २–० ले हराए साथै कम्बोडियाको नागावल्र्डसँग १–१ को बराबरी खेलेको थियो । थ्रीस्टारले अव एएफसी कपको प्लेअफ चरणको खेल ६ महिना पछि प्रतिस्पर्धा गर्नेछ ।

Three Star

विशेष