खेल

रोनाल्डो उत्कृष्ट फुटबलर घोषित

रोनाल्डो उत्कृष्ट फुटबलर घोषित

Rinaldo भदौ १० । पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फुटवलर घोषित भएका छन् । रोनाल्डोले ग्यारेथ बेल र एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै युरोपको उत्कृष्ट वर्ष खेलाडी भएका हुन् । रोनाल्डोले ३१ वर्षको उमेरमै सन् २००८ मा म्यान्चेष्टर युनाइटेडका लागि र सन् २०१४ मा रियल म्याड्रिडलाई युरोप इलाइट कप कम्पिटिसनको उपाधि दिलाएका थिए ।

Ronaldo

त्यस्तै रोनाल्डोले पोर्चुगललाई यस वर्ष युरोकपको उपाधि पनि दिलाएका थिए । यस वर्षको अन्तिम सिजनमा रोनाल्डोले ५१ वटा क्लब गोल गरिसकेका छन् । उनले १५ गोलका लागि पास दिएका थिए । त्यस्तै रोनल्डोले च्याम्पियन लिगको १२ वटा खेलमा अविश्वस्नीय १६ गोल गरेका थिए ।

Ronaldo

विशेष