समाज

नारायणघाट मुग्लिन सडकमा बस दुर्धटना १० को उद्दार

नारायणघाट मुग्लिन सडकमा बस दुर्धटना १० को उद्दार

Nepal Aaja भदौ १० । नारायणघाट मुग्लिन सडकखण्डमा बस दुर्घटना भएको छ । अहिलेसम्म १० जनाको उद्धार गरिएको छ । गौरबाट पोखराका लागि छुटेको बस दुर्घटना भएको प्रहरीको अनुमान छ । तर पुष्टि भने भएको छैन । मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले जानकारी दिनुभयो ।

उहांका अनुसार बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस देखिएको हो । उद्धारको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Bus accident

विशेष