स्वास्थ्य

महिला किन चरमोत्कर्षमा पुग्छन् ?

महिला किन चरमोत्कर्षमा पुग्छन् ?

sex

पूरुष किन चरमोत्कर्षमा पुग्छ ? त्यसको कारण थाहा पाउन अफ्ठ्यारो छैन । जर्नल अफ एक्सपिरेमेन्टल जुलोजीमा हालसालै प्रकाशित एउटा लेखअनुसार वीर्यको सिर्का फेला परेर महिलाको जननेन्द्रिय भित्र शुक्रकिट प्रवेश गराई गर्भाधान प्रक्रिया सम्भव बनाउन पुरुष् चरमोत्कर्षमा पुग्ने विधी बिकसित भएको हो । सेक्सका क्रममा पूरुषले विर्यपात गरेर मात्र चरम सन्तुष्टि प्राप्त गर्न सक्छ । यसले पुरुषको चरमउत्कर्ष प्रजनन उदेश्य पुर्ति गर्नेतर्फ लक्षित रहेको छ । तर महिलाको चरमोत्कर्ष कुन प्रयोजनका लागी अस्तित्वमा छ भन्ने प्रष्ट छैन ।

अनुसन्धानकर्ताद्धय मिहेला पाभ्लिेसेभ र प्रा गुन्टर वाग्नरले लेखमा भनेका छन । उनीहरुका अनुसन्धान अनुससार महिलाको चरमोत्कर्षले प्रजनन क्रियामा केही आनन्द पुयाउदैन । त्यसो भए यसको उपदायता क हो त ? उनीहरुले प्रश्न गरेका छन ।

विभिन्न अनुसन्धानकर्ताले स्तनधारी जीवका विभिन्न प्रजातीमा अनुसन्धान गरेका थिए । उनीहरुले दबी गरेका छन की कुनै बेला प्रजनन क्रियामा सघाउ पु¥याउने गुण नै अहिले चरमोत्कर्षमा बिकास भएको हो । यस्तो निष्कर्ष निकाल्नुअघि अनुसन्धान गर्नु अघि चरमोउत्कर्षमा चुर्लुम्म डुबेकोबेल महिलाको शरिरमा उत्सर्जनन हुने हार्मोन बारे अध्यन गरेका थिए । पाभ्लिसेभ र वाग्नरले यस्तै खालको अनुसन्धान अन्य स्तनधारी जनावरमा पनिद गरेका थिए । जनावरहरुको प्रजनन विधिमा व्यापक भिन्न्नता भएपनि यसको मुल विशेषताको पहिचान गरी ती विशेषताको पहिचान खोतल्ने काम उनीहरुबट भएको हो ।

महिला चरमोत्कषर्मा अनुकुल र जीव विकासक्रमको उपज हो भन्ने धारणा सुरुमा एलिजावेथले पनि राखेकी थिईन । तर, पछि उनको धारणा बदलियो । २५ प्रतिसत महिलाले मात्रै सम्भोगको क्रममा चरमोत्कर्षको वास्तविक आनन्द लिएका हुन्छन र चरमोत्कर्षमा नपुग्ने अथवा आक्कलझुक्कल मात्र पुग्ने महिलाहरु एकतिहाई हुन्छन भन्ने थाहा पाएपछि उनको धारण बदलियो । चरमोत्कर्ष साच्च्चिकै अनुकुलन र जिव विकासक्रमको उपज हुन्थ्यो त यसको यतीबिध्न असमान वितरण हुदैन थियो उनले भनिन ।

कोमीसारुका अनुसार महिला चरमोत्कर्षले परम आनन्द दिलाउछ र पुरुष समबन्धलाई प्रवल बनाउछ । त्यो भन्दा पनि महत्वपुर्ण कुरा के भने यसले दिमागको त्यो भागलाई जागृत गरिदिन्छ । जसले मानिसमा उत्प्रेरणा जगाउने काम गर्छ । अफिमयुक्त निन्द्राको औषधी सेवनलगायत सबै खाले आनन्द दिलाउछ ।

महिला चरमोत्कर्ष बारे यस्ता विभिन्न मान्यताका वीच पाभ्लिसेभ र वाग्नरले अघि सारेको मान्यताले यस क्षेत्रमा नया बहस सूरु गरेको छ । उनीहरुका अनुसार डिम्बोत्सर्जनको विधिले नया रुप लिएपछि अर्थात यो व्यवस्थित भएपछि आफ्नो मुल उदेश्यबाट मुक्त भएर महिला चरमोत्कर्षको उदेश्य प्राप्त गनै थाल्यो ।

Woman Health

विशेष