कभर स्टोरी

लागुऔषध ब्यूरोका डिआईजी चन्द भन्छन्,

लागुऔषध ब्यूरोका डिआईजी चन्द भन्छन्,

Jaya Baभदौ १० । विवादास्पद व्यापारी पवन संघई फरार छन् । प्रहरीले उनलाई मोस्ट वान्टेडको सुचीमा राखेर खोजी गरिरहेको छ । उनमाथि लागुऔषध कारोबार गरेको आरोप छ । प्रहरीले उनी भारतमा लुकिरहेको आंशका गरेको छ । उनले प्रयोग गर्दै आएको मोवाइल नेपालको क्षेत्रभित्र रहेको देखिँदैन । प्रहरीको अनुरोधमा नेपाल राष्ट्र बैंकले उनको सबै खाता रोक्का गरेको छ ।

कहाँ पुग्यो अनुसन्धान लागु औषध नियन्त्रण व्यूरोका प्रमुख जयबहादुर चन्दले उनको खोजी कार्य भइरहेको बताएका छन । ‘उनलाई खोज्नका लागि तराईको विभिन्न जिल्लामा प्रहरी व्यापक रुपमा परिचालन गरेका छौं ।’ डिआईजी चन्दले नेपालआजसंग भने । अझैसम्म पनि केही सुराकी प्राप्त नभएको उनले जानकारी दिएका छन् । नेपाल बाहिर गइसकेकाले पक्राउ गर्न नसकिएको चन्दको भनाइ छ ।

प्रहरीले अनुसन्धानलाई प्रभावकारी र विश्वसनीय बनाउन ललितपुर जिल्ला अदातलबाट दोस्रो पटक १५ दिनको म्याद लिएको थियो । प्रहरीले थप गरेको १५ दिनको म्याद भदै ८ गते सकिसकेको छ । यसअघि प्रहरीले अनुसन्धानको लागि थप ४ दिनको म्याद लिइसकेको छ । कुनै पनि अनुसन्धानको लागि प्रहरीले अदालतबाट ९० दिनसम्म यसरी नै म्याद लिन पाउने भएकाले अहिले नै अदातलमा मुद्धा नचलाउने प्रहरीको भनाई छ । चन्द भन्छन् ‘९० दिनसम्म हामी सुक्ष्मरुपमा अनुसन्धान गर्छौं र फरार अभियुक्त संघाइलाई पक्राउ गर्ने कोसिस गर्छौं । त्यसपछि के हुन्छ हेरौं ।’

पवन संघाईले के गरेका थिए संघाईले बाराको जितपुरमा आर्यान फर्मा ल्याब खोलेका छन् । त्यही फर्मामार्फत विभिन्न देशमा लागूऔषधमा प्रयोग हुने केमिकल तस्करी गर्ने गरेको आरोप उनलाई लागेको छ । ‘प्रिकर्सर’ नामक सहायक रसायन ललितपुरस्थित रतन संघाईको प्लाष्टिक गोदाममा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । संघाईले लामो समय देखि उक्त रसायन चीन, अष्ट्रेलिया, हुँदै बर्मा पुर्याउने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले बर्मा पुर्याएको केमिकलबाट लागूऔषध एम्फेटामाईन बनाउने र उक्त लागूऔषध विश्वबजारमा फैलाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

कसरी पत्ता लाग्यो फर्मास्युटिकल्स कम्पनीहरुले सरकारको स्वीकृतिमा मात्र यो रसायन नेपाल आयात गर्न पाउँछन् । आर्या फर्मास्युटिकल्सले अत्याधिक मात्रामा यो रसायन ल्याएपछि प्रहरीले निगरानी गरेको थियो । स्वास्थ्य मन्त्रालयले एक पटकमा तीन सय किलो ल्याउने अनुमति दिने गरेको छ ।

त्यो सकिएर फेरि माग भएपछि अनुमति दिने गरेको पुरानो रेकर्डले देखाउँछ । ब्यूरोले आइस ड्रक्सका कारोबारीलाई पक्राउ गरेपछि संघाई गु्रपमाथि अनुसन्धान सुरु गरेको थियो । सो अनुसन्धानबाट नै यो तथ्यको पर्दाफास भएको थियो । त्यसैले संघाई फरार रहेका छन् ।

अपहरणदेखि अपराधसम्मको यात्रा २०६८ सालमा संघाई अपरणमा परेका थिए । त्यसयता उनी बेलाबखत अनेक कारणले चर्चामा आईरहेका छन् । ७ पुसको बिहान कमलादी गणेशको दर्शन गर्न गएका संघाईलाई आकाश लामा, विकास लामा (जीतबहादुर गोले), अमिर आचार्य र किशोर पाण्डेले अपहरण गरेका थिए । उनीहरुले प्रहरीसमक्ष मुख्य योजनाकार ‘मन्त्रीजी’ भएको बयान दिएपछि सद्भावना पार्टी आनन्ददेवीका अध्यक्ष श्यामसुन्दर गुप्ता पक्राउ परे । छोराको विवाहको धुमधाम तयारी गरिरहेका गुप्ताले उनीसँग सुरुमा २५ करोड मागेका थिए । अपहरण भएको २० दिनपछि उनलाई ८५ लाख फिरौति लिएर गुप्ताले अपहरण मुक्त गरेका थिए । –सागर बुढाथोकी

विशेष