रेखा देखी वर्षासम्मका नायिकाहरु को कती अग्ला कती मोटा ?
नायिका रेखा थापा चलचित्र हिम्मतवालीमा काम गर्दा ६४ किलोकी थिईन । ‘त्यतीवेला खानपानमा साहै रुची थियो । डाईटिङ र एक्ससरसाईज गर्ने फुर्सद पनि थिएन । त्यसैल धेरै मोटाएकी थिए । पर्दामा आफुलाई देख्दा डर लाग्यो ।’ रेखाले थापा त्यो बेलाका कुरा सम्झिदै भनिन ।
अहिले रेखा अभिनित पलास पर्दसनको लागी तयार हुदैछ । पलासको टिजर यु ट्युबमा रिलिज भैसकेको छ । रेखालाई उत्तः टिजरमा देख्नेहरु भन्छन ‘अब भने फेरि पनि रेखा राम्री भईछन ।’ हुन पनि ६४ बाट ६० र ६० बाट ५७ हुन उनले खानपिन देखी व्यामसम्म सजकता अपनाईन । आफ्नो तौल ५० किलोसम्म पु¥याउने लक्ष्य लिएकी ५ फिट ४ ईन्च अग्ली रखा भन्छिन ‘ ५ ईन्चका हिल लगाए भने त मेरो सामु हिरोहरु नै फुच्चा देखिन्छन ।’
नायिका प्रियंका कार्की कहलिएका नायिकाहरुमध्येकी अग्ली हिरोईन हुन । उनको उचाई ५ फिट सात ईन्चको छ । प्रियंका केही नायकको अगाडी उभिनु छ भने फ्ल्याट सुज लगाउछिन । हिल लगाईन भनी उनी ती नायक भन्दा धेरै अग्ली देखिन्छिन ।
नाई नभन्नु ४ र वडा नम्बर ६ अगाडी केही मोटाएकी प्रियकां अहिले स्वात्तै घटाएकी छिन । उनको तौल अहिले ५२ किलोको छ । केकी अधिकारीलाई उचाईमा सानी तर अभिनयमा अब्बल नायिकाको रुपमा लिईन्छ । उनको उचाई ५ फिट २ ईन्च पनि छैन । तौल भने ५० किलो । कुनै बेलाकी नायिका दिपाश्री आफुलाई नायिकाबाट हास्यअभिनेत्री बनाएपछि ७० किलो बनाईन । ५ फिट २ इन्च उचाई भएकी उनको तौल धेरै बढेको हो । खानपिनको सौखिन उनले तौल घटाएर ६६ किलोमा झारेकी छिन ।
सामान्यत नेपाली चलचित्रका नायिकाको उचाई धेरै हुदैन । प्रियकां कार्की, रिचा शर्मा जस्तालाई दुई चार जनालाई अपबाद मान्ने हो बाकी सबै साढे ५ फिट भन्दा कम छन ।नायिका निता ढुंगाना ५ फिट ४ ईन्च छिन भने अशिष्मा नकर्मी ५ फिट ३ ईन्च । उझ पछिल्लो समयकी व्यस्त नायिका वर्षा राउत भने ५ फिट २ ईन्च मात्र अग्ली छिन । नायिका निता ढुंगाना आफ्नो तौल बढ्न नदिन निकै सजक रहन्छिन । उनी अहिले ४८ किलोकी छिन । अशिष्मा नकर्मी भने कहिले मोटाउने कहिले दुब्लाउने भैरहन्छिन ।
वर्ष राउत म्युजिक भिडियोबाट चलचित्रमा आएकी हुन । पहिले उनको तौल सामान्य थियो । दजर्नो म्युजिक भिडियोमा काम गरेकी वर्षा व्यायाम गर्न नभ्याएर मोटाएकी थिईन । दशैसम्ममा ५० किलोमा झर्ने लक्ष्य लिएकी वर्षा अहिले ५४ किलोकी छिन । राउतकै समकालिन नायिका वर्षा शिवाकोटी ५ फिट ३ ईन्चकी छिन । उनको तौल ५० किलो छ । चलचित्र तर्फ भर्खरै पाईला बढाएकी मोडल सम्पदा बानिया ५ फिट ५ ईन्चकी छिन ।
साप्ताहिक
rekha thapa