मनोरञ्जन

प्याज काट्दा किन आँसु आउँछ ? - कारण जान्नुहोस्

प्याज काट्दा किन आँसु आउँछ ? - कारण जान्नुहोस्
pyaj प्याज काट्दा आँसु आउने कुरा त हामी सबैलाई थाहा छ । त्यस्तै, खानामा पिरो बढी भयो वा खुर्सानी टोकियो भने हाम्रो अनुहार पूरै पसिनाले भिज्छ । हाच्छ्युँ आउँदा आँखा नझिम्क्याई त गर्नै सकिँदैन । तर, किन यी सब कुरा हुन्छन् ? यो विषयमा भने हामीलाई थाहा नहुन सक्छ । विज्ञानका अनुसार यी सबै हुनुका कारण यस्ता छन्   प्याज काट्दा आँसु :- प्याजको प्रत्येक पत्रमा एमिनो एसिड मात्र होइन, सल्फेनिक एसिड पनि हुन्छ । त्यसैले प्याज काट्ने समयमा यी दुवै एसिड मिल्छन् । यी दुई एसिड मिल्दा सल्फर ग्यास बन्छ । यो ग्यास हाम्रो आँखामा पुग्छ । त्यहाँको पानीसँग मिल्दा अर्को एसिड बन्छ– सल्फर । त्यही सल्फर एसिडका कारण प्याज काट्दा हाम्रो आँखाबाट आँसु आउने हो । खुर्सानी वा पिरो खाँदा पसिना :- हामीले खुर्सानी वा पिरो खाँदा खुर्सानीमा हुने ’क्याप्सिकन‘ पनि खान्छौँ । यो एउटा त्यस्तो तत्व हो जसले हाम्रो मस्तिष्कलाई ‘ओभरहिट’को सिग्नल पठाउँछ । बढी तापक्रमको सूचना पाएपछि मस्तिष्कले लाखौँ ‘ग्ल्यान्ड्स’ सक्रिय बनाएर पसिना निकाल्छ । यसरी पसिना आउनुको एउटै कारण हो– शरीरको तापक्रम स्थिर बनाउनु । हाच्छ्युँ गर्दा आँखा बन्द :- हाम्रो आँखा र नाक ’क्य्रानिएल’ नशासँग जोडिएको हुन्छ । जब हामीलाई हाच्छ्युँ आउँछ, हाम्रो फोक्सोबाट अत्यन्त द्रूत गति र प्रेसरमा हावा बाहिर निस्कन्छ । यही समयमा मस्तिष्कले हाम्रो अनुहारका नशाहरूलाई खिच्ने सन्देश पठाउँछ ।

khorsani pyaj katda asu

विशेष