विचार

'कुरा बुझौ अनि टिप्पणी गरौ, ब्यर्थमा कसैको चरित्र हत्या नगरौ' जोया र आदर्श गृह बारे मेरो बुझाई

'कुरा बुझौ अनि टिप्पणी गरौ, ब्यर्थमा कसैको चरित्र हत्या नगरौ' जोया र आदर्श गृह बारे मेरो बुझाई
अविश अधिकारी Joya-Jeeban-child भदाै - १० । सामाजिक यात्रा त्यति सहज छैन, यात्राका दौरानमा हरेक किसिमका तनाव आउनु स्वभाविक हो । यहाँ तीन थरी मानिसको जमात छ । १. मानवीय दया २. धर्मिक, जातिय र ब्यक्तिगत एव संस्थागत डाहा ३. स्वतन्त्रता

[su_pullquote align="right"]एक जनाले केही सामाग्री फेसबुक वा अन्य केहीमा अपलोड ग-यो भने हामी त्यही समाग्रीलाई सत्य के हो बुझ्दै नबुझि खण्डन गदै अफवाह फैलाई धार्मिक, सास्कृतिक एव साम्प्रादायिक द्वन्द्व फ्रैलाउन अग्रसर हुन्छौ ।[/su_pullquote]

पछिल्लो समयमा विश्व संचार जगतले नै साँगुरो बनाएको छ । विश्वको जुनसुकै कुनाको समाचार पनि एक मिनट भित्र नै थाहा पाउन सक्छौँ । सामाजिक संजाल त झनै ब्यापक छ । फेसबुक, ट्यूटर, यूटुब जस्ता विभिन्न माध्यमहरु प्रयोगमा आइरहेको छ । कतिले त सही सदुपयोग गरेका छन भने कतिले दुरुपयोग गरेको भेटिन्छ । एक जनाले केही सामाग्री फेसबुक वा अन्य केहीमा अपलोड ग-यो भने हामी त्यही समाग्रीलाई सत्य के हो बुझ्दै नबुझि खण्डन गदै अफवाह फैलाई धार्मिक, सास्कृतिक एव साम्प्रादायिक द्वन्द्व फ्रैलाउन अग्रसर हुन्छौ । समाज, राष्ट्र अनि ब्यक्तिको चरित्र हत्या गर्न पछि पर्दैनौँ । पछिल्लो समय जोया काण्डले सामाजिक संजालमा निकै स्थान पाएको छ । को ठीक, को बेठीक ? सत्य के हो, असत्य के हो ? हामी त्यो बुझ्न तिर लाग्दैनौ हाम्रो गल्ती यहि छ । बुझ्दै नबुझि अरुको लहिलहिमा लाग्ने हाम्रो पुरानो नै परम्परा हो । जुन जोयाको बारेमा पछिल्लो समय आदर्श गृह र संचालिका प्रमुख मिना खरेको विरोधमा सामाजिक संजालमा केहि उत्शृङ्गल तस्बिर जोडी अपशब्द प्रयोग भएको देख्दा अचम्बित छु । म अदर्श गृह चिन्दिन तर संस्था र ब्यक्तिलाई मानहानी गरेको देख्दा केही लेख्न बाध्य भएको हुँ । नेपालमा कानुन छ, अदालत छ, प्रशासन छ, अन्यय भएकै हो भने पनि त्यहाँ जान सक्छौ तर यसरी ब्यक्ति र संस्थालाई चरित्र हत्या हुने गरी सामाजिक संजाल दुरुपयोग गर्नु कहाँ सम्मको मानबियता हो ? जोया पीडित नै हुन यसमा कुनै दुई मत छैन र आर्दश गृहले पीडित जोयालाई उद्दार गरेकै हो यसमा पनि कुनै संका छैन । कुरा र-यो जोया र दुइ छोरालाई जीवनसँग छुट्याएर किन फिलिपिन पाठाईएको भन्ने बारे ? यस विषयमा अलि लामो तरिकाले बुझेको छु मेरो ब्यक्तिगत विचारले ।

[su_pullquote align="right"]जोयालाई प्रेमले डो-याएर नेपाल ल्याई पू-याएको हो ।[/su_pullquote]

जोयालाई प्रेमले डो-याएर नेपाल ल्याई पू-याएको हो । प्रेम, विवाहमा बदलियो उनी जीवन थापाको श्रीमती र थापा परिवारको बुहारीको भईन दुई सन्तान जँन्मिए । झट्टा हेर्दा जो कोहीलाई पनि रमाईलो लाग्दो हो बिदेशी चेलीले दुई सन्तानसहित परिवारका साथ अमानेपाली चेलीले जस्तै सामान्य जीवन जिएको देख्दा । उनको असामान्य जीवन पनि कतिले देखेहोलान कतिले महसुस मात्रै । बुझिएअनुसार चितवन उनीहरुको अस्थाई बसोवास हो । उनीहरु डेरामा बस्दथ्य रे । जीवन जोया र जिवनकी आमा अनि दुई सन्तान । परिवार जस्तै बन्न पैसा र प्रेम उत्तिकै महत्वपूर्ण हुन्छ । पैसा मात्रैले नि परिवार खुसी बन्दैन प्रेम मात्रैले पनी परिवार सहजरुपमा चल्दैन । यि दुईमा एकको कमी हुदा असामान्य स्थिती सृजना हुन्छ नै । तर, पैसा प्रेम दुवैको अभावले सडकका पु-याउदो रहेछ । जोया सडकमा पुग्नुमा पनि कतै यि दुई चिज त हावी थिएनन भन्ने मेरो अनुमान रहेको छ । यता आर्दश गृहले जोयालाई नारायाणघाटको बालकुमारी रोडबाट उद्धार गरी प्रहरीलाई बुझाएको र उनलाई संरक्षणको आवश्यकता रहेकाले गृहमा संरक्षण दिएको बताएको छ । जोया फिलिपिन्स जाँदा जादै एयरपोर्टमा सगरमाथा टेलीभिजनसंगको कुराकानीमा जोया केही समयपछि छोराहरुलाई लिएर नेपाल आउने स्वयमले बताएकी छन् । उनको व्यक्तिगत फेसवुकमा पनि उनले आफ्नै खुसी र आग्रहमा फिलिपिन्स फर्किएको बताउदै आफ्ना बारेमा र आफ्नो फोटोहरु अनुमती बिनै प्रयोग नगरीदिनु हुन समेत अनुरोध गरेकी छिन । यसबाट पनि प्रस्ट हुन्छ की जोया आफ्नै खुसीले फिलिपिन्स फर्केकी हुन । जोयासंग उनका दुई नावालक पनि संगै फिलीपिन्स गएको विषय चर्कै आलोचनात्मक बन्यो यदि जोया फर्किए पनि सन्तान नेपाली भएकाले नेपालमै रहनुपदथ्ये र रहनुपर्छ भन्ने आवाज पनि सुनियो । तर मैले बुझे अनुसार बच्चा सवैभन्दा बढी सुरक्षीत र खुसी आमाको काख सिवाय अन्त हुनै सक्दैन । आमाको काखमा बस्न र हुर्कन पाउने बच्चाहरुको अधिकार हो । त्यस्तै अन्तराष्ट्रिय सन्धिमा पनि बच्चा आमासंगै रहनपाउने व्यवस्था उल्लखे छ । यहि व्यवस्थाअनसार नै जोयाका साथ नावालक लिएर जानु कानुनसम्वत् देखिन्छ ।

[su_pullquote align="right"]हाम्रो समाजमा पनि त दुःख-सुखमा माईतीघर जान्छन हो । जोयाले पनि माईतीघर नै रोजेकी हुनाले उनी माईत गएकी हुन्।[/su_pullquote]

अहिले चर्किएको आपत्ति भनेको जोयालाई देश निकाला गरियो भनेर मलाई लाग्दैन कि जोयालाई देश निकालिएको हो बरु उनलाई माईतीघर पठाइएको हो । यसरी सकरात्मक बुझ्दा समस्या कही देखिदैन । हाम्रो समाजमा पनि त दुःख-सुखमा माईतीघर जान्छन हो । जोयाले पनि माईतीघर नै रोजेकी हुनाले उनी माईत गएकी हुन्। उनले आफू केही पैसा कमाएर फेरि नेपाल आउने पनि भनेकी छिन् । जुन सगरमाथा टेलीभिजन संगको कुराकानीको भिडियोमा प्रस्ट देख्न र सुन्न सकिन्छ । भने जोयाले तीन बर्षपछि फर्कन्छु भनेका कुरा जीवनको आमा स्वयमले पनि बताएकी छन् । अव कसरी देश निकाला भनु मैले कुरा बुझ्न सकिन । म त कोही हैन साधारण ब्यक्ति हुँ । मैले पनि फेसबुक र अन्य सामाजिक संजाल प्रयोग गर्छु धेरै टिकाटिप्पणी देखे संजालमा अनि मेरो पनि आत्म मानेन जोयाको विषयमा केही लेख्न मन लाग्यो लेखे यसलाई सामान्य लिनुहोला । एउटा नेपाली बुहारीको अधिकारको कुरा गरिरहदा अर्की नेपाली छोरीको कति ख्याल राख्यौ त ? यसरी संस्था र ब्यक्तिको सामाजिक संजालमा चरित्र हत्या गरी साइबर अपराध गर्नुभन्दा आदर्श गृहको काममा संका भए कानुनी साहायता लिएइर कानुनको सम्मान गर्न गरौँ ।अव विवादमा हैन समस्या सामाधानको बाटो तिर लाग्न जरुरी छ । विवादले समस्या सामाधान हुने हैन अव कुन तरिकाबाट समस्या हल हुन सक्छ त्यो विधि अपनाउनुको विकल्प देख्दिन ।  

Jeeban Thapa Husband of Joya Joya Philippines girl Philippines Girl In nepal

विशेष