
भदौ – १० । नेपालबाट मानव तस्करी क्रिकेटको नाममा पनि हुने गरेको रहस्य खुलेको छ ।
जापानमा हालै सम्पन्न भएको एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी जनाएको थियो । उक्त खेलमा गएका टोलीमा केही गैर–खेलाडीलाई समेत सहभागी गराइएको र उनीहरूलाई जापानमै छोडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको हो ।
यस विषयमा युवा तथा खेलकुदमन्त्रीले समेत विशेष चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाएकाे छ ।
जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा म्याच खेलेका थिए । सो खेलका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित राष्ट्रिय खेलाडी सोनु तामाङ र यु १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ, सौरभ खनाल, फैजल खान, रामनरेश गिरी गएका थिए ।
Cricket
Cricket Council
Nepali Cricket Player In Japan