खेल

गोली चल्ने होटलमा ६ दिन बसेपछि खेलाडी आफ्नो घर फर्के

गोली चल्ने होटलमा ६ दिन बसेपछि खेलाडी आफ्नो घर फर्के
Rioभदौ – १० । आइतबार सकिएको महाकुम्भ रियो ओलम्पिकमा १३ मेडल जितेका केन्याका खेलाडी ६ दिन सम्म रियोमै अलपत्र परेपछि बल्ल केन्या फर्किएका छन् । उनीहरु ब्राजिलको एक सस्तो होटलमा बस्न बाध्य भएका हुन् एथ्लेटिक्स् टिमका कप्तान वेस्ले कोरिरले भने ‘हामी रियो छोडेर आफ्नो देश जाँदा एकदमै खुशी भएका छौं तर केन्याका अधिकारी देखेर हामी छक्क छौं ।’ केन्याका अधिकारीले सस्तो विमानको टिकट पर्खिएकाले आफुहरु ६ दिनसम्म रियोमै बस्न बाध्य भएको उनीहरुको गुनासो छ । आफूहरु बसेको होटलमा राति गोली चल्ने गरेकाले असुरक्षित भएको खेलाडीले बताएका हुन् । आफ्नो देशले खेलाडीहरु माथि देखाएको व्यवहारले दुःखी भएको कप्तान कोरिरले बताएका छन् ।

kenya rio olampic 2016

विशेष