ड्वाने ब्राभोले भारतीय चलचित्रको लागि गित गाउने
भदौ – १० । वेष्ट इन्डिज क्रिकेट टिमका अलराउन्डर ड्वाने ब्राभोले क्रिकेट मैदानमा आफ्नो प्रभावशाली खेलका कारण थुप्रैको मन जितिसकेका छन् ।
यसका साथै उनले संगीतमा पनि आफ्नो भविष्य भेटाएका छन् ।
उनलाई भारतीय चलचित्र बलिउडको अघिल्लो फिल्म ‘तुम बिन–२’ को जिगर बाम्ब नामक गीतका लागि महंगो अफर आएको छ । आउँदो सेप्टेम्बरमा गीत रेकर्डिङ गर्नका लागि उनी भारत फर्किने भएका छन् । ब्राभोको गीत–संगीत भर्खरै सुरू भएको होइन् । उनी केही वर्षदेखि फाट्टफुट्ट गीत गाउँदै आइरहेका थिए ।
च्याम्पियन–च्याम्पियन बोलको गित गत वर्ष भारतमा आयोजना भएको ट्वान्टी–२० विश्वकपको लागि उनले नै गाएका थिए ।
ब्राभो आफ्नो उत्कृष्ट खेलका लागि मात्र होइन, राम्रो डान्सका लागि पनि प्रसिद्ध छन् ।
फिल्मका निर्देशक अनुभव सिन्हालाई यस फिल्मको लागि कुनै विदेशी कलाकारको आवाज चाहिएकाले ब्राभोलाई मनोनित गरे । सिन्हाले यसअघि पनि रा–वन फिल्ममा पनि अमेरिकी र्यापर एकोनबाट चर्चित गीत ‘छम्मक–छल्लो’ गाउन लगाएका थिए ।
bravo
film ma geet gaune