मनोरञ्जन

'म नाबालक थिए अब बल्ल फक्रिएको छु' - रेखा थापा

'म नाबालक थिए अब बल्ल फक्रिएको छु' - रेखा थापा
Rekha Thapa भदौ १० । नायिका रेखा थापाले आफु नाबालकबाट बल्ल फक्रिएको र जवानी चढेको बताएकी छिन् । उनले हालै ३३ औ जन्मदिनको अवसरमा यस्तो बताएकी हुन् । नायिकाहरुको जतिजति उमेर बढ्दै जान्छ त्यति चिन्ता बढ्ने कुरामा आफु सहमत नभएको उनले तर्क गरिन् । उनका अनुसार नायिकाहरु जतिजति उमेर बढ्दै गयो उति परिपक्वता बढछ । नायिका रेखा ३३ बर्षकी भइन्। विकिपिडिया अनुसार रेखाको उमेर ३४ भएको छ । यो उमेर झुटो भएको पनि उनले प्रस्टयाएकी छिन् । रेखाले उमेर अनुसारका मानिसले आफुलाई जवान,प्रौढ देख्ने गरेको बताइन् । आफ्नो विवाहका लागि सहि उम्मेदवार नभएर रेखाले विवाह नगरेकी हुन् । गएको साता तीन चार दिनको फरकमा नायिका रेखा थापा र दीपा श्री निरौलाले आफनो जन्मदिन मनाए । दीपाको यो ४२ औै जन्मदिन थियो । यि नायिकाहरुमा धेरै समानता पाइन्छ । यि नायिकाहरु दुबै सिगंल हुनाका साथै पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा जुटेका छन् ।

janma din rekha thapa

विशेष