वीरमै छ उच्चस्तरीय क्याविनसहितको उपचार कक्ष, वरिष्ठहरु भने विदेशै जान्छन्
काठमाडौं । विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब २ वर्ष अघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्यो ।
विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरुपयोग गरेर सर्वसाधारण र सञ्चार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्षा मर्मत सम्भार गरिएको थियो । मर्मतसम्भार गरेपछि एकजना पनि विशिष्ट कक्ष पुगेका छैनन् । विगतमा राजपरिवारका सदस्यहरुद्वारा प्रयोग भएका आधुनिक र उच्च प्रविधियुक्त क्याविनहरु दुईवर्षदेखि प्रयोगविहीन भएका छन् । –नागरिक दैनिकबाट