समाज

एआईजी नै बेरोजगार

एआईजी नै बेरोजगार

aigभदौ ११ । सशस्त्र प्रहरी बलका शैलेन्द्र खानल र जितबहादुर पुनले बढुवाको निर्णयसँगै एआईजीको दज्र्यानी चिह्न लगाएको २ महिना कटिसकेको छ । गत असार २ को मन्त्रिपरिषद् निर्णयअनुसार यी दुवैको काँधको डीआईजीको दज्र्यानी चिह्न एआईजीमा बदलियो । तर जिम्मेवारी भने अझै डीआईजीकै छ ।

खनाल अझै पनि डीआईजीले जिम्मेवारी सम्हाल्ने सचिवालयअन्तर्गतको प्रवक्ताकै भुमिकामा छन् । पुन डीआईजीको दरबन्दी रहेको मद्दती सेवा निर्देशनालयको प्रमुममा कार्यरत छन् । सशस्त्र ऐन र नियमावलीअनुसार एआईजी सरुवाको निर्णयको अधिकार मन्त्रिपरिषद्सँग मात्रै छ । उनीहरुको बढुवापछि ७ पटक मन्त्रिपरिषद् बैठक बसिसकेको छ । पदस्थापनाको विषयमा संगठनमा विवादसमेत छैन । गृह मन्त्रालयबाट उनीहरुको पदस्थापनाको प्रस्तावपनि गएको छैन ।

सरकारले पदस्थापनाको निर्णय नगर्दा एक एआईजीले २ वटा विभागको जिम्मेवारी सम्हालिरहेका छन् भने एआईजी दरबन्दी रहेको कार्यालयको प्रमुखमा डीआईजी छन् । नयाँ पत्रिकबाट

विशेष