‘तुलसी घिमिरेले अर्को बिहे गर्ने भइसके, तपाईको सहमतिमै हो र ?’
भदौ ११ ।
एकपटक उहाँको ( तुलसी घिमिरे )को नामक कुनै हिरोइनसँग जोडिएर गसिप बनेको थियो नि ?
भारती घिमिरेः हो, बनेको थियो । हाम्रो केही साथीहरुले हल्ला चलाएर खेल्न खोजेका थिए । तर, सफल भएनन् । यो सिनेमा क्षेत्र गज्जब छ, तपाईलाई के भन्नु ।
त्यही कारण तपाई मुम्बई गएर बस्नु भएको थियो रे नि त ?
भारती घिमिरेः होइन, बरु म मुम्बई गएको बेला त्यो गसिप बनेको हो । यता ठूलै हल्ला चल्यो । एक जना पत्रकारले त्यतिबेला मलाई मुम्बईमा आइएसडी कल गरेर तुलसी घिमिरेले अर्को बिहे गर्ने भइसके । तपाईको सहमतिमै हो र ? भनेर आधा घन्टा कुरा गर्यो ।
अनि, तपाईले के भन्नु भयो त ?
भारतीः मैले ‘बिहे गर्ने तुलसी घिमिरे, उहाँलाई नै सोध्नु न ’ भने । तर, त्यो अन्तर्वार्ता छापिएन । पछि त म काठमाडौ आएर त्यसरी खेल्ने कलाकारदेखि त्यो पत्रकारसम्मको कठालो समातेँ । उसले ‘यस्तै हो भाउजू, मलाई पनि दबाब थियो भन्यो । मैले त्यो हिरोइनसँग पनि कुरा गरेँ , हाम्रो राम्रो सम्बन्ध थियो, भाउजू भनेर बोल्थिन । ‘झन्डै बरबाद पारिसकेको है भाउजू’ भन्थिन उनले ।
(फिल्म निर्देशक तुलसी घिमिरेकी पत्नी भारती घिमिरेको नयाँ पत्रिकामा प्रकाशित अन्तरवार्ताबाट)