स्वास्थ्य

स्वास्थ्यमन्त्री गगन थापाले थाहा पाउनै पर्ने हुम्लाको यो खबर

स्वास्थ्यमन्त्री गगन थापाले थाहा पाउनै पर्ने हुम्लाको यो खबर

Gagan_Thapa_performing_speech_in_Sydney

भदौ ११ । जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोहि ठाउँ बस्ने अंगत कार्कीको दुई महिनाको छोरी सुस्मिता रहेका छन् । ती दुबै जनाको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो ।

सो गाविसका स्थानीय बासिन्दा अदानसिंह कार्कीले स्वास्थ्य चौकीमा कुनै पनि औषधि नभएको बताए । उनले भने ‘स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन ।’ वर्षासँगै प्रदूषित पानी पिउँदा सो क्षेत्रमा विभिन्न रोग फैलिएको उनको भनाइ छ ।

उक्त स्वास्थ्य चौकीका अहेब जोर फडेराले स्वास्थ्य चौकीमा बिरामी संख्या बढ्दै गएको बताउँदै सदरमुकामबाट केही मात्रामा पठाइएको औषधि वर्षा अगावै सकिएको र थप औषधि ढुवानी नभएको गुनासो गरे । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले भने सो क्षेत्रमा औषधि पठाइसकिएको जानकारी दिए ।

विशेष