सिरहामा २६ एचआइभी सङ्क्रमित फेला
भदाै - ११ । सिरहामा चालु आर्थिक वर्ष ७२-७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेको छ । एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ७२-७३ सम्ममा १२ जनाको मृत्यु भएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जिल्लाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल र सिरहा जिल्ला अस्पतालमा सञ्चालन गरेको ‘भिसिटी’ सेन्टरमा जाँच गराएकामध्ये थप २६ जनामा एचआइभी सङ्क्रमित फेला परेका हुन् ।
चालु आर्थिक वर्षमा लहान अस्पतालमा २० जना र सिरहा अस्पतालमा ६ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएकाे छ ।
यो सँगै सिरहामा अब एचआइभी सङ्क्रमितको सङ्ख्या ६८ जना पुगेको छ । अघिल्लो आर्थिक वर्ष ७१-७२ मा पनि १५ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका थिए । एचआइभी सङ्क्रमितमध्ये ४२ जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुर अस्पताल पठाइन्छ ।
वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या जिल्लामा अत्याधिक रहेको र रोेजगारीबाट फर्के पश्चात् स्वास्थ्य जाँच गराउने सोच नभएकाले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हाे ।
HIV/AIDS
Siraha