खेल

रोनाल्डो विश्व कप छनौट खेलमा परेनन्

रोनाल्डो विश्व कप छनौट खेलमा परेनन्
Ronaldoभदौ – ११ । रोनाल्डो पोर्चुगलको विश्व कप छनौटको पहिलो खेलका लागि घोषणा गरिएको टिममा कप्तान क्रिष्टियानो रोनाल्डो परेका छैनन् । युरो कपको फाइनलमा घुँडामा लागेको चोट पूर्ण रुपमा निको नभएका कारण रोनाल्डो विश्व कप छनौटको पहिलो खेलमा खेल्न असफल भएका हुन् । विश्व कप छनौटको आफ्नो पहिलो खेलमा पोचुर्गलले भदौ २१ मा स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगलले स्वीट्जरल्याण्डसँगको खेलका लागि रोनाल्डो बिना २४ सदस्यीय टोली घोषणा गरेको छ । पोर्चुगलले आउँदो बिहीबार मैत्रिपूर्ण खेलमा जिब्रालटारसँग खेल्नेछ ।

football Ronaldo

विशेष