भदौ – ११ । पोल्यान्डका डिस्कस थ्रो खेलाडी पियोट्रे माल्चोवस्कीले रियो ओलम्पिकमा रजत पदक जितेका थिए ।
रजत पदक जितेका माल्चोवस्कीले क्यान्सरबाट संघर्ष गरिरहेका तीन वर्षीय बालक ओलेकका जीवनरक्षाका लागि आफ्नो पदक बेच्ने निर्णय गरेका छन् । उनले आफूले जितेका पदक लिलामीमा राखेका छन् ।
३३ वर्षीय विश्व च्याम्पियन पियोट्रेले आफ्नो फेसबुकमा २ वर्षदेखि आँखाको क्यान्सरबाट पीडित ओलेककी आमाले चिट्ठी लेखेर सहयोगको याचना गरेपछि म आफ्नो पदक बेच्ने मनस्थितिमा पुगेको हुँ भनेर लेखेका छन् ।
उनले भनेका छन् , ‘रियोमा म स्वर्ण पदकका लागि संघर्षरत थिए । आज म सबैलाई आफ्नोभन्दा पनि ठूलो उद्धेश्यका लागि लड्नुहोस् भन्ने अपील गर्दछु ।’
पियोट्रेले भने–‘यदी तपाईँले मलाई सहयोग गर्नुभयो भने ओलेकका लागि मेरो रजत पदक स्वर्णभन्दा पनि बहुमुल्य बन्न सक्छ ।’
एक टेलिभिजन अन्तर्वार्तामा उनले थपे,‘मैले पहिले नै प्रमाणित गरिसकेको छु । मैले आफ्नो परिवार र साथीभाइलाई पदक जितेर अपार खुसी दिलाइसकेँ । त्यसैले अहिले अरुका लागि केही गर्ने अवसर प्राप्त भएको छ । बालकको जीवनरक्षा गर्न मेरो पदक सहयोगी सावित भयो भने यसको महत्व झन चुलिनेछ ।’
ओलेककी आमाले पियोटे« आफ्नो परिवारका लागि स्वर्णजस्तै मुटु भएका विजेता भएको प्रतिक्रिया दिइन्।