खेल

बार्सिलोनाको पाकोलाई अनुबन्ध गर्ने तयारी

बार्सिलोनाको पाकोलाई अनुबन्ध गर्ने तयारी
pako भदौ – ११ । ला लिगाको यो पटकको ट्रान्सफर सीमा बुधबार सकिँदैछ । सीमा सकिनु अघिनै बार्सिलोनाले भ्यालेन्सिया तथा स्पेनका स्ट्राइकर पाको अलकासेलाई अनुबन्ध गर्ने तयारी गरेको प्राविधिक निर्देशकले बताएका छन् । २२ वर्षका पाको स्पेनको नयाँ युवा प्रतिभा हुन् । उनले गएको तीन वर्षमा भ्यालेन्सियाबाट ला लिगामा ३० गोल गरीसकेका छन् । बार्सिलोनाका प्राविधिक निर्देशक रोबर्ट फर्नान्डेजले भने ‘कि पाको अलकासे हुने छन् नभए कोही हुँदैन ।’ बार्सिलोनाले गएको बिहीबार अजाक्सका गोलरक्षक जास्पर सिलेस्सेनलाई अनुबन्ध गरेको थियो ।

Barcilona pake alkase

विशेष