खेल

स्टार खेलाडी परेनन् स्पेनको विश्वकप छनौट टिममा

स्टार खेलाडी परेनन् स्पेनको विश्वकप छनौट टिममा
spain भदौ – ११ । विश्वकप छनौटका लागि सार्वजनिक गरिएको स्पेनको टिममा पूर्व कप्तान इकर कासिलास र सेस फाब्रिगास र पेड्रो पर्न सकेका छैनन् । टिम नयाँ प्रशिक्षक युलेन लोपेटेगीले सार्वजनिक गरेका हुन् । ३५ वर्षका कासिलास स्पेनको राष्ट्रिय टिमबाट सर्वाधिक प्रतिनिधित्व गर्ने खेलाडी हुन् । अहिलेसम्म उनले एक सय ६७ खेल खेलेका छन् । युरो कपको टिममा नपरेका चेल्सीका डिएगो कोस्टा र म्यानचेस्टर युनाइटेडका आन माटा राष्ट्रिय टिममा फर्किएका छन् । स्पेनले आउँदो बिहीबार बेल्जियमसँग मैत्रिपूर्ण खेल खेल्दैछ । त्यसको चार दिनपछि विश्व कप छनौटको पहिलो खेलमा लिकटेन्सटाइनसँग प्रतिस्पर्धा गर्ने छ ।

foootball Spain

विशेष