खेल

च्याम्पियन्स् लिगको ड्र सार्वजनिक, बार्सिलोना र म्यान सिटी एउटै समूहमा

च्याम्पियन्स् लिगको ड्र सार्वजनिक, बार्सिलोना र म्यान सिटी एउटै समूहमा
champions भदौ – ११ । २०१६ र १७ को लागि च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । ड्र सार्वजनिक हुँदा स्पेनिस महारथी बार्सिलोना र इंगलिस म्यानचेस्टर सिटी एउटै समूहमा परेका छन् । समूह ‘सी’ मा बार्सिलोना र म्यानचेस्टर सिटी बाहेक सेल्टिक र बोरुसिया मोन्चेनग्लादावाच पनि छन् । गत वर्ष पनि च्याम्पियन्सलिगमा बार्सिलोनाले सिटीलाई पाखा लगाएको थियो । स्टार खेलाडीहरु मेसी, सुवारेज र नेयमारको लयलाई रोक्न सिटीमा आएका ग्वार्डिओलाले कस्तो रणनीति बनाउलान त्यो हेर्न भने बाँकी नै छ । गत सिजनको लिग विजेता रियल म्याड्रिड भने बरुसिया डर्टमुन्ड, स्पोर्टिङ सिपी र लेजियासँग समूह एफमा परेको छ ।

Champions League routine

विशेष