समाज

युवा लक्षित ‘सहयोगका लागि युवाका हातहरु’ संस्थाको स्थापना

युवा लक्षित ‘सहयोगका लागि युवाका हातहरु’ संस्थाको स्थापना
Youth hand For helping भदौ – ११ । बानेश्वस्थित न्यू श्राइन एकेडेमी विद्यालयमा एक कार्यक्रम गरेर सहयोगका लागि युवाका हातहरु नामक गैर सरकारी संस्थाले औपचारी रुपमा स्थापना बताएको छ । दुई महिना अगाडिदेखि अनौपचारीक रुपमा काम गर्दै आएको यस संस्थाले शनिबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रवेश राईको अध्यक्षतामा यो संस्थाको उद्घाटन भएको हो । नेपालको वर्तमन परिपेक्षमा युवावर्गको संख्या अत्याधिक रहेको छ । युवाहरुको उचित व्यवस्थापन हुन नसक्दा उनीहरुले आफ्नो जोस, जागरलाई राष्ट्रप्रति समर्पित गर्न सकेका छैनन् । उनीहरुको क्षमतालाई विकास गरी हामी पनि केही गर्न सक्छौ भन्ने आवाज सिर्जना गर्ने उक्त संस्थाको उद्देश्य रहेको उद्घाटन समारोहमा जानकारी गराइयो । यस संस्था आगामी दिनहरुमा पनि थुप्रै जनचेतना तथा विकास उन्मुख काम गर्ने प्रतिबद्धता जनाएको छ । समाजसेवालाई प्राथमिकता दिँदै स्थापना भएको यस संस्थाको हजार पाइलामा पहिलो पाइला चालेको अध्यक्ष राईले बताएका छन् । देशमा युवा शक्ति हुँदाहुँदै पनि अवसर पाउन सकेका छैन्, अवसर प्राप्त हुने ठाउँमा राजनीतिक भक्ति चलनमा रहेको छ । जसले युवाहरुमा नैरास्यता छाएको छ । कतिपय ठाउँमा युवाको प्रयासलाई पनि व्यवास्था गरिएको छ । सरकारले केही गरेन भनेर आलोचना गर्नुभन्दा यसको विकासले सरकारलाई दबाब पार्न सक्ने भनेर यस संस्थाको स्थापना भएको बताइएको छ । सदस्यका अनुसार युवाहरुको जोस जागर देखेरै यो संस्थाको स्थापना भएको भन्दै मन्तव्य राखेको थिए । युवाको भूमिका राष्ट्रलाई परिचालन गर्ने हो भन्दै उपस्थित युवा अतिथि तथा न्यू श्राइन एकेडेमी प्रधानध्यापकले आफ्नो तर्फ बाट हरदम सहयोग गर्न तयार रहेको बताएका छन् । वैधानिक स्थापनाभन्दा अघि पनि यस संस्थाले सर्लाहीमा पुस्तकालय स्थापना गरिसकेको छ । र यस्ता अन्य जिल्लामा पनि यस्ता समाजसेवी काममा यसको संलग्नता रहेको छ ।

baneshwor new shrine academy Youth hand for helpline

विशेष