प्रोफाइल

यस्ता थिए ‘वारि जमुना पारि जमुना’ गीत गाउने गायक खेमराज गुरुङ

यस्ता थिए ‘वारि जमुना पारि जमुना’ गीत गाउने गायक खेमराज गुरुङ
Khemraj-Gurung_netra paudel भदौ – ११ । खेम राज गुरुङ नाम सुन्ने वित्तिकै वारि जमुना पारि जमुना बहुचर्चिच गीतको याद आइहाल्छ । यही चर्चित गीतका गायक खेमराज गुरुङको उपचारको क्रममा गत बिहीबार साँझ निधन भयो । नेपाली गीतसंगीतको एउटा तारा अस्ताएको छ । मृत्यु ४२ वषीया गायक गुरुङ कलेजोमा गम्भीर समस्या देखिएपछि उपचारको लागि चावहिलस्थित मेडिकेयर अस्पतलामा पुर्याइएको थियो । त्यहाँ उनलाई सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिदै थियो । कलेजोमा गम्भीर समस्या देखिएपछि ११ दिन अगाडि उनलाई अस्पतालमा पुर्याइएको थियो । चावहिलस्थित मेडिक्यरले उनलाई विशेष उपचार गरिरहेको थियो । उनको अवस्था थप नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । डाक्टरहरुले कलेज काम नै नलाग्ने र मिर्गौलामा पनि समस्या रहेको बताएका थिए । उनलाई एअर एम्बुलेन्सबाट भारतको बेदान्त अस्पतालमा लाने भनिए पनि अवस्था नाजुक रहेका कारणले सम्भव भएन । उनको उपचारकै क्रममा मृत्यु भएको थियो । खेमराज को हुन् ? खेमराज गुरुङको जन्म नेपालको पूर्व विकट जिल्ला संखुवासभामा भएको थियो । बुबा अमृतबहादुर र आमा तुलसीमायाको कोखबाट २०३१ साल फागुनमा उनको जन्म भएको थियो । उनले सदरमुकामको हिमाल माध्यमिक विद्यालयबाट एसएलसी गरेका थिए । त्यसपछि उनले सदरमुकामको वरुण क्याम्पसबाट उच्चशिक्षा लाई निरन्तरता दिए । गुरुङले विद्यार्थी जीवनबाट कलाकारिता प्रारम्भ गरेका थिए । उनले बासुरी राम्रो बजाउनुका साथै आफैँ गीत लेख्ने, संगीन भर्ने र गाउन पनि गर्थे । सानैदेखि गीत गाउनलाई हुरुकै हुन्थे । उनीसँग संगत गर्नेहरुले खेमराज मिलनसार भएको बताउँछन् । त्यस्तै उनी सबैलाई हसाउने र सिर्जनशील पनि थिए । राजनीतिक मुद्दा उनीमा राजनीतिक चेतनामा थियो । यही राजनीतिक चेतना र लगावका कारण मुद्दा खेप्नु पर्यो । राजनीतिक मुद्दामा उनी ३६ महिना जेल जीवन विताउनु प¥यो । २०४९ देखि २०५१ सम्म ३६ महिना जेलजीवन बिताए । कारागारमा समय बिताउँदा उनी झन खारिएका थिए । जेल मुक्त भए लगत्तै उनले जीवन भाग एक एल्बम लिएर स्रोता माझ पुगे । उनको पहिलो एल्वमलाई स्रोताले त्यति नरुचाएपछि दोस्रो एल्बमको साधना तिर लागे । त्यही दोस्रो एल्बममा समावेश वारि जमुना पारि जमुना गीतले नै उनलाई चर्चित बनायो । लोप हुन लागेको भाकाको बचाउ लोप हुन थालको पूर्वय अरुण उपत्यकाको लोकभाकालाई गुरुङ उजागर गरेका थिए । यो भाक नेपाली गायनमा बिल्कुलै फरक भएका कारणले उनलाई छिट्टै नै सांगितिक क्षेत्रमा स्थापित गरायो । उनले ठेट नेपाली शब्दलाई प्रयोग गरेर विल्कुलै नौलो लयमा गायन प्रस्तुत गरेका कारण नेपाली सांगितिक जगतमा थोरै गाएर धेरै चर्चा वटुलन सके । पछिल्लो केहीसमय उनको गीत नेपाली सबैको मुखमै झण्डीएको थियो । नेपाली चलनचल्ताका झर्रा शब्द प्रयोगले वृद्धादेखि बालक सबैले उत्तिकै मनपराएका थिए उनको गीतलाई । विवाह उत्सव, धार्मिक कार्यक्रम हरेक ठाउँमा उनको गीतले उत्तिकै प्राथमिकता पाउने गरेको थियो । उनै कारणले गर्दा पूर्वमा लुकेर रहेको लोकभाका नेपालभरी फैलिएको थियो । उनले पूर्वमा लुकेर रहेको लोकभाकालाई चिनाउने काम गरे । सांगीतिक यात्रा सानै उमेरदेखि नै गुरुङ गीत गाउन रुचाउने गर्थे । गायन प्रति अति नै लगाव भएका कारणले नै उनले पहिलो एल्बम जीवन भाग एक लिएर स्रोता सामु पुगेका थिए । पहिलो एल्वमलाई स्रोताले मन पराएन । त्यसपछि फरकपन दिनका लागि उनले दोस्रो एल्बम जीवन भाग दुई लिएर स्रोता सामु पुगे । यस एल्बमको एउटै गीत वारि जमुना पारि जमुनाले उनलाई शिखरमा पुर्यायो । वारिजमुना पछिको आलुतामाले बुहारी चाहियो भन्छिन आमाले भन्ने गीत पनि निकै चर्चित बन्यो । त्यसपछि उनले थुप्रै गीत गाए । अनमोल, धरान पोखरा, सोल्टी, आलुतामा, घुमफिरलगायत झण्डै एक दर्जन एकल एल्बम निकालिसकेका छन् । खेमराजको समाज सेवा उनी समाजसेवी पनि थिए । उनले भूकम्प र बाढिपीडितका लागि सहयोग पनि गर्ने गरेका थिए । विदेशमा भएका कन्र्सटबाट केही रकम छुट्याएर उनले भूकम्पपीडित र बाढीपीडितलाई सहयोग गर्ने गर्दथे ।

Khemraj Gurung nepali charchit gayek Story By Netra Paudel

विशेष