इंग्लिस प्रिमियर लिगको अंक तालिकामा चेल्सी शीर्षमा

भदौ १२ । चेल्सीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३–० ले हराएर चेल्सीले लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
नवौं मिनेटमा इडन हर्जाडले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । ४१ औं मिनेटमा विलियनले गोल गरेपछि पहिलो हाफमा चेल्सीले २–० को अग्रता लियो । ८९ औं मिनेटमा भिक्टर मोसेसले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए । जितपछि ९ अंकसहित चेल्सी शीर्ष स्थानमा छ ।
English Primiar Leauge