खेल

वेष्ट इन्डिजले भारतलाई हरायो

वेष्ट इन्डिजले भारतलाई हरायो

Cricket - India v West Indies 1st T20 Fort Lauderdale

भदौ १२ । वेष्ट इन्डिजसँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत एक रनले हारेको छ । अमेरिकाको फ्लोरिडामा शनिबार राति भएको खेलमा भारत अन्तिम समयमा चुक्दा वेष्ट इन्डिजसँग एक रनले हार्यो । वेष्ट इन्डिजले प्रस्तुत गरेको दुई सय ४६ रनको लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय ४४ रन मात्र बनाउन सक्यो ।

भारतका लोकेश साहुलले नटआउट एक सय १०, रोहित शर्माले ६२, कप्तान महेन्द्र सिंह धोनीले ४३ तथा विराट कोहलीले १६ रन बनाए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । वेष्ट इन्डिजका डवेन ब्रावोले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ६ विकेटको क्षतिमा दुई सय ४५ रन बनाएको थियो। वेष्ट इन्डिजका इविन लुइसले एक सय तथा जोनसन चालेसले ७९ रन बनाए । भारतका जसप्रित बुमराह र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । दोस्रो ट्वेन्टी–ट्वेन्टी आइतबार हुनेछ ।

Cricket

विशेष