खेलाडी अस्पताल भर्ना भएपछि प्रशिक्षकको जागिर गयो

भदौ १२ । खेलाडी अस्पताल भर्ना भएपछि अमेरिकाको टेक्सास विश्वविद्यालयकी महिला प्रशिक्षकले जागिर गुमाउनु परेको छ । अस्पताल भर्ना भएका ८ जनै खेलाडीमा मानस्पेशीको समस्या देखिएको थियो ।
कलेजका अनुसार महिला टिमकी प्रमुख प्रशिक्षक सेली बार्बेरीले गत शुक्रबार राजीनामा पेश गरेकी थिइन् । विश्वविद्यालयले नयाँ टिम तयार पार्नका लागि भर्खरै सेलीलाई खेलाडी जिम्मा लगाएको थियो । ८ खेलाडीहरू एक्कासी मानस्पेशीमा समस्या देखिएपछि गत साता अस्पताल भर्ना गरिएको थियो ।
sports