Technology

एप्पललाई पछि पार्दै सामसङ

एप्पललाई पछि पार्दै सामसङ

Sansung भदौ १२ । एप्पलको स्मार्टफोन बिक्री संख्याका आधारमा मात्र नभई नाफाका हिसाबले पनि सामसङको तुलनामा ओरालो लाग्न थालेको छ । दोस्रो त्रैमासिक अवधिमा एप्पलको स्मार्टफोनले ७५ प्रतिशत नाफा आर्जन गरेको थियो । यो पहिलो त्रैमासको ८४ प्रतिशत र सन् २०१५ को ९१ प्रतिशतको दाँजोमा कम भएको क्यानाकर्ड जेन्युटीका विश्लेषक माइकल वाल्कलीले बताए । सामसङको ग्यालेक्सी एस सेभेनको मजबुत मागका कारण नाफामा सुधार भएपछि एप्पलको स्मार्टफोनतर्फ नाफा घटेको हो ।

सामसङको स्मार्टफोनतर्फको नाफाको हिस्सा पहिलो त्रैमासिकको २२ प्रतिशतबाट सुधार भएर दोस्रो त्रैमासमा ३१ प्रतिशत पुगेको छ । यो अवस्था सन् २०१५ को दोस्रो त्रैमासमा १९ प्रतिशत मात्रै थियो । संख्याका आधारमा सामसङ पहिलो स्थानमा रहँदै आएको छ । दोस्रो त्रैमासमा २२.५ प्रतिशतको बजार हिस्सासहित सामसङ पहिलो स्थानमा छ । बिक्री संख्याका आधारमा एप्पल दोस्रो स्थानमा छ । एप्पलले ११.७ प्रतिशत बजार हिस्सा ओगटेको छ । यो अघिल्लो वर्ष्रको १४.४ प्रतिशतको दाँजोमा कम हो ।

Samsung

विशेष