देश

खोटाङ जिल्लामा छैन एक्सरे मेसिन, गर्भ जाँच गर्नपनि पाँउदैनन् गर्भवति महिला

खोटाङ जिल्लामा छैन एक्सरे मेसिन, गर्भ जाँच गर्नपनि पाँउदैनन् गर्भवति महिला

Pregnent Woman भदौ १२ । जिल्लाका गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका छन् । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक मात्र भिडियो एक्स–रे मेसिनसमेत बिग्रिएपछि गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका हुन् ।

विद्युतको हाइभोल्टेजका कारण अढाइ महिनाअघि बिग्रिएको एक्स–रे मेसिन पुनः सञ्चालन गर्न नसक्दा गर्भ जाँच गराउनबाट वञ्चित भएका अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए । ‘बिग्रिएको एक्स–रे मेसिन नेपालमा नबन्ने रहेछ,’ उनले भने, ‘विभाग तथा दाताहरुलाई नयाँ उपलब्ध गराइदिन अनुरोध गरिरहेका छौ ।’ अस्पतालमा भिडियो एक्स–रे नभएपछि गर्भवती महिलालाई जोखिम मोलेर बच्चा जन्मने महिना कुर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताएका छन्। २०४८ सालमा स्थापना भएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति तथा भौतिक सुविधा नहुँदा जिल्लाका अधिकांश बिरामी उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ।

जिल्लाको एक मात्र प्रसूति सेवासहितको अस्पतालमा भिडियो एक्स–रे मेसिन बिग्रिएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले चासो नदिएको सेवाग्राहीको आरोप छ ।

Pregnent Woman

विशेष