खेल

उत्कृष्ट गोलको उपाधि मेसीलाई

उत्कृष्ट गोलको उपाधि मेसीलाई
messi भदौ - १२ । रियल म्याड्रिडका क्रिष्टियानाे रोनाल्डो र बार्सिलोनाको लियोनेल मेसी फुटबलको विश्वका चर्चित हस्ती मानिन्छन् । उनीहरुलाई नचिन्ने खेलप्रेमीहरु सायद कमै होलान् । यिनै हस्तीले बेलाबेलामा चर्चामा आउने र रोचक काम गरेर आफ्नो नामलाई आफ्ना खेलप्रेमी र फ्यानका माझमा पुर्याउने काम गरिरहेका हुन्छन् । यसैबिच हालै रोनाल्डो यूरोकपको उत्कृष्ट फुटबलर बन्दा बार्सिलोनाको लियोनेल मेसीको गोल उत्कृष्ट भएको छ । मेसीले ७३ हजार भोट ल्याउँदै यो उत्कृष्ट गोलको उपाधि जितेका हुन् । गत सिजनको च्याम्पियन्स लिगमा एएस रोमाविरुद्ध गरेको उनको गोल उत्कृष्ट भएको थियो ।

bacilona football leonal messi

विशेष