खेल

रोनाल्डो मैदानमा फर्किने

रोनाल्डो मैदानमा फर्किने
Ronaldo भदौ - १२ । घुँडाको चोटका कारण रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो मैदानमा उत्रिने भएका छन् । आराम गरिरहेका रोनाल्डो केही दिन अघिमात्रै स्पेन आएका हुन् र अहिले उनी आफूलाई खेलका लागि तयार पार्न अभ्यासरत छन् । घुँडाको चोट निको भइसकेको छ र उनी पूर्ण रुपमा फिट हुन मैदानमा अभ्यासका लागि उपस्थित भइरहेका छन् । रोनाल्डोले आफू मैदानमा उत्रिएको देख्न आतुर रहेका फुटबल समर्थकहरुलाई आफू छिट्टै खेलमा फर्किने बताएका छन् । केही समय यता अभ्यासमा व्यस्त रहेका रोनाल्डोले युरोपको उत्कृष्ट खेलाडीको अवार्ड जितेपछि आफू चोटमुक्त भएको र खेलका लागि तयार रहन भरपूर प्रयार गरिरहेकाले छिट्टै मैदान उत्रिने बताएका हुन् । रोनाल्डोले भनेका छन्,‘म निकै उत्साहित छु र खेलमा फर्कन आतुर छु । म अझै धेरै उपाधि उचाल्न चाहन्छु । मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ रोनाल्डोले आफू खेलका लागि फिट हुन अभ्यास गरिरहेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन्,'अब म छिट्टै मैदान उत्रिनेछु ।’ रोनाल्डोले युरोपको उत्कृष्ट खेलाडीको अवार्ड दोस्रो पटक जित्न सहयोग गर्ने सवैलाई धन्यवाद पनि दिएका छन् ।

back in feild footbal Ronaldo

विशेष