मनोरञ्जन

बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ भन्ने भ्रम की यथार्थ ? जान्नुहोस्

बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ भन्ने भ्रम की यथार्थ ? जान्नुहोस्

प्रायः मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ ।

के तपाइलाई थाहा छ, यस्तो सोचाई केवल भ्रम मात्र हो । महिलाको गुप्ताङ्ग यौन सम्पर्कपछि पहिलाकै अवस्थामा फर्कन्छ । यहाँसम्म कि बच्चा जन्माएपछि पनि यौनाङ्ग पहिलाकै अवस्थामा फर्कन्छ । ‘जीवनमा केवल दुर्ईपटक यस्तो हुन्छ जतिबेला यौनाङ्गको आकार लामो समयसम्म परिवर्तन हुन्छ । पहिलो पटक बच्चा जन्माएपछि ।

एक अध्ययनका अनुसार बच्चालाई जन्म दिएपछि योनीको मांशपेशी पहिलाकै अवस्थामा आउन कमसेकम ८ महिनाको समय लाग्छ ।’ दोस्रो पटक योनीको आकार उमेर ढल्किएसँगै बदलिन्छ । वास्तवमा, उमेर बढ्दै जाँदा महिलाहरुको हर्मोनहरुमा परिवर्तन आउँछ । मतलव उमेर बढ्दै जाँदा महिलाहरुको हर्मोनहरुमा परिवर्तन आउँछ । उमेर बढ्दै जाँदा योनागंको भित्ता बाक्लो हुन्छ र कम लचिलो पनि ।

यसले गर्दा यौनागंको मांसपेसी खुकुलो हुन जान्छ । उचित अभ्यासबाट माशंपेसीको खुकुलोपनामा सुधार गर्न सकिन्छ । केही योगासनबाट तपाईको शरीरमा चामत्कारिक परिवर्तन ल्याउन सकिन्छ । जसबाट मानिसहरुले तपाईको उमेर कति हो भनेर पत्तै पाउदैँनन् ।

यस अध्ययनको क्रममा पत्ता लागेको अर्काे महत्वपूर्ण कुरा के हो भने यौन सम्पर्कको बेला यदि यौनाङ्ग कसिलो पाइयो भने यसको अर्थ एउटै हुन्छ, तपाईको पार्टनर यौन सम्पर्कको लागि तयार छैनन् । यसको मतलब उनको यौनाङ्ग सुख्खा, कि उनी आवश्यक उत्तेजित भईसकेको छैनन् । यस्तो अवस्थामा तपाईले धेरैभन्दा धेरै प्राकक्रिडा फोरप्ले गर्न आवश्यक छ ।

 एजेन्सी

sex

विशेष