खेल

क्रेसको गोलमा रियल मड्रिड विजयी, लिगानीससँग बराबरीमा

क्रेसको गोलमा रियल मड्रिड विजयी, लिगानीससँग बराबरीमा
selta vigo vs real madrid भदौ १२ । स्पेनिस ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई पराजित गर्दा एथलेटेको मड्रिड भने लिगानीससँग बराबरीमा रोकिएको छ । लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा गोल गर्दै मोराटाले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ६७ औं मिनेटमा गोल गर्दे फावियन ओराल्नाले खेल एक एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ८१ औं मिनेटमा गोल गर्दै क्रोसले रियललाई २–१ को जित दिलाएका थिए । त्यस्तै हिजै सम्पन्न खेलमा एथलेटेको मड्रिड भने लिगानीससँग गोलरहित बराबरीमा रोकेको छ ।

Real Madrid selta vigo

विशेष