प्रवास

उत्तराखण्डका मुख्यमन्त्री रावत नेपाली महिलाहरुको तीज कार्यक्रममा अथिति

उत्तराखण्डका मुख्यमन्त्री रावत नेपाली महिलाहरुको तीज कार्यक्रममा अथिति
harish Rawat भदौ १२ । भारतको उत्तराखण्डका मुख्यमन्त्री हरिस रावत नेपाली महिलाहरुले आयोजना गरेको तीज कार्यक्रममा सरिक भएका छन् । उनले आफ्नो ट्वीटरमा ट्वीट गर्दै उक्त जानकारी दिएका हुन् । नेपाली महिलाहरुले देहरादुनमा नेपाली महिला हरितालिका तीज उत्वस्व मेला २०१६ आयोजना गरेको थिए । नेपाली महिला हरितालिका तीज उत्सव कमिटिले आयोजना गरेको उक्त कार्यक्रममा मुख्यमन्त्री रावतलाई अथितिका रुपमा बोलाइएको थियो । gorkhali mahila नेपालीहरुले आयोजना गरेको सो कार्यक्रममा नेपाली मुलका महिलाहरुले विभिन्न कार्यक्रम गरेर तीजको खुसीयाली बाँडेका थिए । स्थानीयको पनि बाक्लै उपस्थिती रहेको बताइएको छ । https://twitter.com/harishrawatcmuk/status/769851307163353088

gorkhali mahila gorkhali mahila in deradun harish rawat nepali mahila nepali woman in derhadun

विशेष