खेल

किन उठेनन् राष्ट्रगानमा अमेरिकी खेलाडि

किन उठेनन् राष्ट्रगानमा अमेरिकी खेलाडि
america भदौ – १२ । अमेरिकी नेशनल फुटबल लिगमा एक अमेरिकन फुटबल खेलाडिले राष्ट्रगान बज्दा नउठी अमेरिकामा काला जातिमाथि भइरहेको कथित अन्यायको विरोध गरेका छन् । यस घटनाबाट उनले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेका छन् । राष्ट्रगान बज्दा राष्ट्रिय झण्डा र राष्ट्रको सम्मान नगरेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना समेत भएको छ । यद्यपि केहीले भने कोलिनले सही आवाज उठाएको भन्दै समर्थन पनि गरेका छन् । टिमले भनेको छ कि राष्ट्रगान वा झण्डाको सम्मान गर्ने हरेक नागरिकको अधिकार छ,  र उसले आफैं तय गर्न सक्छ कि त्यसमा भाग लिने कि नलिने । फुटबलर कोलिन केपरनिक सान फ्रान्सिस्को ४९ टिममा आवद्ध छन् र राष्ट्रगान बज्दा उनी आफ्नो कुर्सीमा बसिरहे । उनले भनेका छन्, ‘देशमा काला मानिसहरुमाथि जस्तो व्यवहार भइरहेको छ, मलाई लाग्दैन कि यस्तो देश र झण्डाको सम्मानमा उभिनुपर्छ ।’

America football kolin kepernil

विशेष