समाज

प्रहरी चौकीको नजिक रहेकोे पसलमा दिउँसै डकैती, बानेश्वर हाइटमा जे देखियो

प्रहरी चौकीको नजिक रहेकोे पसलमा दिउँसै डकैती, बानेश्वर हाइटमा जे देखियो
robbery-nepalaaja भदौ – १२ । आइतबार बानेश्वर हाइटस्थित प्रवीण कार्कीको पसल बिहानैदेखि बन्द थियो । प्रवीण मोटरसाइकलको लाइसेन्सको परीक्षा दिनका लागि यातायात विभाग गएका थिए । उनकी आमा काठमाडौं मेडिकल कजेजमा जागिरका लागि गएकी थिइन् । १ बजेतिर प्रवीण जब घर फर्के उनी छाँगाबाट खसेजस्तो भए । घरको मूल ढोकाको ताल्चा फुटाएर भित्रबाट पसल फोडिएको रहेछ । चोरले पैसाको घर्रा फुटाएर लुटपाट गरिसकेको रहेछ । चोरीको निशाना नै मान्नुपर्छ, केही सिक्का भने भुंइमा असरल्ल छाडिएको थियो । पसलसँगै जोडिएको कोठाको ताल्चापनि फोरिएको थियो । भित्र दराजको तालासमेत तोडेर नगद चोरिएको रहेछ । जम्माजम्मी ९५ हजार रुपैयाँ चोरी भएको प्रवीणले जानकारी दिए । प्रवीणकी आमा ऋण काँढेर राखेको पैसा चोरी भएको भन्दै विलाप गरिहेकी थिइन् । केएमसी अस्पतालमा सामान्य जागिरे रहेकी उनी चोरीको खबर पाएपछि पसल फर्केकी थिइन् । रामेछाप स्थायी घर भएका यि दुई आमा छोराले संर्घष गरेरै किराना पसल चलाएका थिए । [caption id="attachment_22989" align="alignnone" width="950"]chor-breaking चोरिपछि छोडिएको चानचुन पैसा[/caption] प्रवीणको पसल नाटकीय रुपमा चोरी भएको देखिन्छ । वरिपरि घर छन् । बाटोसँगै जोडिएको घर पूलिस चौकीको नजिकै छ । पूर्वराज्यमन्त्री कुन्ती शाहीको घरपनि नजिकै छ । सूचना आयोगका आयुक्त किरण पोखरेलको घर अगाडि रहेको उनको पसल सुरक्षा दृष्टिले जोखिमयुक्त देखिदैन । तर, जोखिम नरहेको ठाऊँमै दिउँसै डकैती भएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् । उनले उक्त रकम होलसेलको व्यापारीलाई तिर्नको लागि छुट्याएर राखेका थिए । प्रवीणको पसल लुटिएको खबरले स्थानीय दुःखी भएका छन् । आमा छोराले दुःख गरेर पसल चलाएका थिए । तीन बर्ष यता पसल चलाइरहेका उनीहरुको संर्घषपूर्ण जीवनलाई स्थानीयले नजिकबाट देखेका थिए । चोरको हुलिया पत्ता लगाईसकिएको र छिटो भन्दा छिटो चोरलाई समात्ने प्रहरीले प्रतिबद्धता व्यक्त गरेको छ । चौकी नजिकै रहेपनि दिनदहाडै चोरी भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । यसअघिपनि केही मोटरसाइकल दिउँसै चोरी भएको स्थानीयले जानकारी दिए ।

Baneshwor Hight chori Prabin Karki

विशेष