Technology

मोबाइलको ब्याट्रिको आयु वढाउने उपयुक्त तरिका

मोबाइलको ब्याट्रिको आयु वढाउने उपयुक्त तरिका
increas the battery life भदौ–१२ । आज–भोलि हरेकलाई आफ्नो मोबाइलको ब्याट्रिको आयु कसरी लम्ब्याउने चिन्ता हुन्छ । कतिपयले त अझ समय समयमा आफ्नो मोबाइल चार्ज गरिरहेका हुन्छन् । तर यसले ब्याट्रिको आयु झन् घटाइदिन्छ । यदि तपाई आफ्नो मोबाइल फोनको ब्याट्रिको आयु बढाउन चाहनुहुन्छ भने त्यसलाई फुल चार्ज नगर्नुहोस् । एक प्रविधि विशेषज्ञले जनाए अनुसार मोबाइल फोनको ब्याट्रिलाई लामो समय सम्म चलाउन केवल ५० प्रतिशत चार्ज गर्नु उपयुक्त हुन्छ । विशेषज्ञका अनुसार धेरै चार्ज गर्ने र पुरै ब्याट्रि सक्ने गरे फोनको ब्याट्रिमा खराबी आउँछ । मोबाइल लामो समय चार्ज गर्दा फोन र ब्याट्रि तात्ने र त्यसले फोन तथा ब्याट्रि सबैको जीवन घटाउने बताएका छन् ।

Mobile Battery life

विशेष