समाज

यात्रुको ज्यान जाने दुर्घटना गराएमा चालकले आजीवन सवारी चलाउन नपाउने नियम बन्दै

यात्रुको ज्यान जाने दुर्घटना गराएमा चालकले आजीवन सवारी चलाउन नपाउने नियम बन्दै

driver

भदौ १३ । यात्रुको मृत्यु हुने गरी दुर्घटना गराउने चालकले आजीवन सवारीसाधन चलाउन नपाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले दुर्घटना रोक्न यो व्यवस्थासहित नयाँ काुन बनाउन लागेको छ ।

यातायात व्यवस्थाथ विभागले नयाँ प्रावधानसहितका सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको प्रस्ताव मन्त्रालयमा पठाइसकेको छ । हाल ऐनको मस्यौदामा गृहकार्य गरिरहेको छ । ‘धेरै देशमा यात्रु तथा पैदलयात्रुको मृत्यु हुने गरी दुर्घटना गराएमा आजीवन लाइसेन्स खारेज हुने प्रावधान छ’, यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले पनि आजीवन लाइसेन्स खारेजको प्रस्ताव गरेका छौं । ’ –नयाँ पत्रिकाबाट

विशेष