समाज

थापा सचिवमा बढुवा

थापा सचिवमा बढुवा

भदौ १३ । बढुवा समितिको सिफारिसअनुसार संसदको व्यवस्थापन समितिले संसद सचिवालयका वरिष्ठ सहसचिव सोमबहादुर थापालाई आइतबार सचिवमा बढुवा गरेको छ ।

 

२०४८ मा प्रतिनिधिसभाको चुनाव भएदेखि नै उनी संसदको सार्वजनिक लेखा समितिको सचिवका रूपमा कार्यरत थिए । सुशासनविज्ञ थापाले सरकारद्वारा गठित बेरुजु फस्र्योट समितिको सदस्यसचिवका रूपमा पनि लामो अनुभव सँगालेका छन् । संसद सचिवालय सचिवको पदावधि ५ वर्ष हुने भए पनि थापाले उमेर हदका कारण ५ महिनापछि अवकाश पाउनेछन ।

Som Bahadur Thapa

विशेष