गृह मन्त्रालयले गरेछ यो चाहिँ ठीक निर्णय
भदौ १३ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कुनै पनि गतिविधिमा संलग्न हुन रोक लगाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससको कार्यक्रममा सिडिओहरु प्रत्यक्ष संलग्न हुँदा नियमन फितलो हुने निष्कर्षसहित मन्त्रालयले सुरक्षा दायित्वबाहिर सबै प्रकृतिका गतिविधिमा रोक लगाएको हो ।
अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाको नियमन र अनुगमनको क्षेत्राधिकार भएको सिडियो आफै परियोजना र कार्यक्रममा संलग्न हुँदा गैससको स्वेच्छाचारिता बढेको निष्कर्ष निकाल्दै गृहले परियोजनाको स्वीकृति, गोष्ठी र तालिमलगायतका सबै प्रकृतिका गतिविधिमा संलग्न हुन रोकेको हो । –कान्तिपुर दैनिकबाट