मनोरञ्जन

दैनिक साढे २ करोड कमाउछिन प्रियंका

दैनिक साढे २ करोड कमाउछिन प्रियंका

भदौ १३ । समय–समयमा बलिउडमा चर्चा भइरहन्छ, पारिश्रमिकबारे । चर्चामात्र पनि होइन, कहिलेकाहीँ त कसको कति पारिश्रमिक भन्ने विषयमा होड पनि परिरहेको हुन्छ । अभिनेताभन्दा पनि अभिनेत्रीहरूको पारिश्रमिकले बारम्बार चर्चा पनि पाउँछ । अब एउटै यस्तै समाचार आएको छ, जसले अभिनेत्री प्रियंका चोपडा नै सबैभन्दा धेरै पारिश्रमिक लिने सूचीको अग्रस्थानमा पुगेको संकेत गर्छ ।

प्रियंकाले एक दिनकै दुई करोड ४० लाखमा काम गर्ने सम्झौता गरेपछि यो समाचारले सनसनी रूप लिएको हो । त्यसो त यो विज्ञापनको काम १० दिनमात्र गर्नुपर्छ । यस अनुसार पूरै विज्ञापनका लागि प्रियंकाले कम्तीमा पनि २४ करोड कमाउनेछिन् । यो विज्ञापनचाहिँ आसाम सरकारको पर्यटन प्रवद्र्धनका लागि बनाइने विज्ञापन हो ।

priyanka chopra

विशेष