इतिहासमा आज

माइकल ज्याक्सन

माइकल ज्याक्सन

jackson

माइकल ज्याक्सन अङ्गेजी पप गीत तथा संगित का महान ब्यक्तित्व हुन माइकल ज्याक्सन पप जगत्का संम्राट ज्याक्सनको जन्म सन् १९५८ अगस्ट २९मा अमेरिकाको इन्डियानामा ज्याक्सन परिवारको सातौ सन्तानका रूपमा जन्मेका ज्याक्सनको पुरा नाम माईकल जोसेफ ज्याक्शन हो । उनको ५१ वर्षका उमेरमा रहस्यमय ढंगले जुन २५ २००९ मा मृत्यु भएको थियो । ११ वर्षकै उमेरबाट सङ्गीत क्षेत्रमा लागेका ज्याक्सनले १३ वर्षको उमेरमा पहिलो पटक आफ्नो सोलो एल्बम निकालेर ¥याकिङ अफ पपको उपाधी समेत प्राप्त गरेका थिए ।

उनको पाँच ओटा एल्बम सबैभन्दा बढी बिक्री हुने एल्बमको रूपमा रहेको छ । १९७९को “अफ द वाल”, १९८२को “थ्रिलर”,१९८७को “ब्याड “,१९९१को “डेन्जरस ” र १९९५को “हिस्ट्री ” उनको सबै भन्दा बढी चर्चित एल्बमहरू हुन, जुन अहिले सम्मकै सबैभन्दा बढी बिक्री भएका एल्बमहरू मध्ये पर्दछन ।

उनको रोबोर्ट डान्स र मूनवाक डान्स हेर्न लाएक हुन्थ्यो । १३ ग्रामी अवार्ड समेत जितिसकेका ज्याक्शनको एल्बम हालसम्म ७ सय ५० मिलिएन भन्दा बढी बिक्री भइसकेको छ ,जुन अहिले सम्मकै सर्बाधिक बिक्रीको रेकर्ड हो, जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमै सुचिक्रित छ । उनी मृत्यु पछि पनि धन कमाउने ब्यक्तिमा दोर्स्रो श्रेणिमा पर्छन्। उनी डान्सर र गायक दुबै क्षेत्रमा सफल मानिन्छन् ।

Maical Jakson

विशेष