खेल ताजा खबर

सुराकीको आरोपमा ईरानी नागरिक आफ्नै मुलुकमा पक्राउ

सुराकीको आरोपमा ईरानी नागरिक आफ्नै मुलुकमा पक्राउ

Iran

भदौ १३ । ईरानले आफ्नो परमाणु कार्यक्रमको जासुुस गरेको आरोपमा आफ्नै देशका एक नागरिकलाई पक्राउ गरेको छ । परमाणु कार्यक्रम बारे पश्चिमा राष्ट्रलाई सुचना प्रदान गरेको भन्दै ईरानले ती ब्यक्तिलाई पक्राउ गरेको हो । तर उनको बारेमा विस्तृत विवरण भने दिएको छैन् । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, चीन, फ्रान्स र जर्मनी लगायतका मुलुकले आफ्नो परमाणु कार्यक्रमको बिरोध गरिरहेका बेला परमाणु उत्पादन दलमा सहभागी रहेर ती ब्यक्तीले गोप्य सुचना ती राष्ट्रहरुलाई प्रदान गरेको आरोप लगाईएको छ ।

उनी माथी थप अनुसन्धान भईरहेको ईरानी अधिकारीले बताएका छन् । उनको अमेरिकी र बेलायती खुफिया एजेन्सीसंग बिशेष सम्बन्ध भएको हुनसक्ने आशंका गरिएको छ ।

Iran

विशेष