स्वास्थ्य

छालाको एलर्जीबाट बच्ने घरेलु उपाय

छालाको एलर्जीबाट बच्ने घरेलु उपाय
Skin-Allergic-Reaction भदाै - १३ । वर्षको समयमा छालाको एलर्जीको समस्या देखिन्छ । यस्ता समस्यालाई समाधान गर्नका लागि डाक्टर कहाँ गइरहनु पर्दैन । कतिपय कुरा हाम्रै वरपर रहेका हुन्छन् । तिनै कुरालाई प्रयोग गर्दा हामीले एलर्जीको समस्याबाट सजिलै छुट्कारा पाउन सक्छौँ । १.अधिक पानी पिउने यदि हामिले पानी प्रशस्त मात्रामा पिउने गरेमा शरीरमा रहने सबै फोहोरहरु पिसाब तथा पसिना मार्फत बाहिर जान्छ । फलस्वरुप छालामा एलर्जीको समस्या पनि हटेर जान सक्छ । २.तेल लगाउने अनुहारमा तथा छालामा तातो नरिवलको तेल लगाएर रातभरी छाडेमा यसले एलर्जीलाई हटाउन मदत गर्दछ । नरिवलको तेलमा एन्टी बेक्टरीयल पनि हुने भएकाले यसले एलर्जी हटाउन मदत गर्ने गर्दछ । ३.कागतीको रस लगाउने एलर्जी भएको ठाउँमा कागतीको रस नरिवलको तेलसँग मिसाएर लगाएमा एलर्जीको समस्याबाट राहत पाउन सकिन्छ । ४.नीम पेष्ट नीम प्राकृतिक उपचारको मुख्य ओखती हो । यसका साथै नीम एन्टीबेक्टरियल भएकाले छालासम्बन्धी रोगहरुबाट टाढा भगाउँछ । एलर्जी हटाउनका लागि नीमको पातलाई ६–७ घण्टासम्म भिजाउने र एलर्जी भएको ठाउँमा लगाएर ३० मिनेटसम्म छाडिदिने । पछि चिसो पानीले नुहाएको खण्डमा एलर्जी निको हुन्छ । ५.नुहाउने छालाको एलर्जीबाट बच्ने अर्को उपाय भनेको नुहाउनु हो । तर तातो पानीले नुहाउदा शरीरमा जलन, चिलाउने तथा अन्य समस्या आउन सक्छ । एलर्जी रोगीले भने चिसो पानीले नुहाएमा राहत महसुस गर्न सक्छन् । यसरी चिसो पानीले नुहाउदैँ गएको खण्डमा एलर्जी बिस्तारै हटेर जान्छ ।

skin allergic reaction skin allergy

विशेष