मनोरञ्जन

कट्रिना कैफको यस्ताे अठोट

कट्रिना कैफको यस्ताे अठोट
katrina_kaif एजेन्सी — भदौ – १३ । रणवीर कपूरसगँ ब्रेक अप भएपछि रिलिज भएको किट्रिना कैफ अभिनित फिल्म ‘फितूर’ पूर्ण रुपमा फ्लप भएपछि अहिले उनको करिअरमा दरार आएको छ । फिल्म फ्लप भएर केही छैन । कट्रिनालाई कामको अवसरहरु आइरहेका छन् । जहिल्येसम्म कामको अफर आउँछ निरन्तर काम गर्ने कट्रिनाको भनाई छ । धर्मा प्रोडक्सन ब्यानरमा बनेको फिल्म ‘बार बार देखो’ को प्रचारको क्रममा व्यस्त रहेकी कट्रिनाले आफ्नो ७ वर्षको फिल्म करिअरमा बलिउडका सबैजसो प्रतिक्षित कलाकारहरुसगँ काम गर्ने मौका पाइन् । कट्रिना भन्छिन् ‘बलिउडमा टिक्नु या नटिक्नु किस्मतको कुरा हो तर अहिलेसम्म कामको अफर आइरहेको छ । अफर आएसम्म निरन्तर काम गर्छु ।’ कट्रिना कैफ र सिद्धार्थ मलहोत्रा अभिनित फिल्म ‘बार बार देखो’ सेप्टेम्बर ९ मा रिलिज हुँदै छ । हलिउडमा काम गर्ने कुनै सोच नभएको कट्रिनाको राम्रो अफर आए त्यसको लागि पक्कै सोच्ने भनाई छ ।

Bollywood Actress Katrina Kaif

विशेष