देश

विद्युत लाइन काटिन थालेपछि धमाधम संकलन हुँदै बक्यौता रकम

विद्युत लाइन काटिन थालेपछि धमाधम संकलन हुँदै बक्यौता रकम
energy-light-off भदाै - १३ नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि सङ्कलन हुन थालेको छ । लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै रु १९लाख बक्यौता सङ्कलन भएको उक्त शाखाका लेखा प्रमुख गोविन्द ढकालले जानकारी दिए । एक हप्तायता रु ३० लाख बक्यौता भएकामा १३० ग्राहकको विद्युत् लाइन काटिएपछि ८१ ग्राहकले बक्यौता रकम बुझाई पुनः बिजुली लाइन जोडेको उनले बताए । प्राधिकरणले ‘मिटर रिडिङ’ भएको मितिले दुई महिनासम्म पनि महसुल नबुझाउनेको बिजुलीको लाइन काटदै आएको छ । प्राधिकरणको धनगढी वितरण केन्द्रअन्तर्गत मात्रै गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल रु १० करोड ३३ लाख ७४ हजार बाँकी बक्यौता पुगेकामा सबैभन्दा बढी सडक बत्तीको रु चार करोड ४९ लाख दुई हजार ३८६ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०६५र६६ सम्मको सडक बत्तीको हिसाब मिलान गरेपनि त्यसपछिका वर्षमा हिसाब मिलान नहुँदा सडक बत्तीको बक्यौता बढेको बताइएको छ । सडक बत्ती पछि व्यापारी वर्ग र उद्योग क्षेत्रको बक्यौता रकम बढी छ । धनगढी वितरण केन्द्रअन्तर्गत लामो समयसम्म महसुल नबुझाएर कालोसूचीमा पर्ने ३७५ ग्राहकको गत आर्थिक वर्षको अन्त्यसम्ममा बक्यौता झन्डै रु ३६ लाख ३७ हजार पुगेको थियो । रासस

Bijuli line cut dhangadhi Line cut

विशेष